+
+

आगामी वर्षका लागि १३ खर्ब १५ अर्बको बजेट (पूर्णपाठसहित)

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ १५ गते ११:१४

१५ जेठ, काठमाडौं । सरकारले आर्थिक वर्ष २०७५/७६ का लागि १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपैयाँको अनुमानित आय व्यय विवरण सार्वजनिक गरेको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत गरेका हुन् । जसमा चालुतर्फ ८ खर्ब ४५ अर्ब ४४ करोड ७५ लाख अर्थात् ६४.३ प्रतिशत र पूँजीगततर्फ ३ खर्ब १३ अर्ब ९९ करोड ८२ लाख अर्थात् २३.९ प्रतिशत वजेट विनियोजन गरिएको छ ।

त्यस्तै वित्तीय व्यवस्थातर्फ १ खर्ब ५५ अर्ब ७१ करोड ६० लाख अर्थात ११.८ प्रतिशत बजेट व्यवस्था गरिएको छ ।

बजेटका लागि राजस्वबाट ८ खर्ब ३१ अर्ब ३१ करोड ८० लाख र वैदेशिक अनुदानबाट ५८ अर्ब ८१ करोड ५५ लाख रुपैयाँ जुटाइने अर्थमन्त्रीले उलेख गरेका छन् । त्यस्तै वैदेशिक ऋणबाट २ खर्ब ५३ अर्ब २ करोड ८२ लाख र आन्तरिक ऋणबाट १ खर्ब ७२ अर्ब रुपैयाँ जुटाइने उनले बताएका छन् ।

हेर्नुस् पूर्णपाठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?