+
+
Shares

१० लाख बढीको घरजग्गा कारोबार गर्दा पुँजीगत लाभकर

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ १५ गते २२:३७


१५ जेठ, कामाडौं । सरकारले घरजग्गाको कारोबारमा पुँजीगत लाभकर लाग्ने सीमा १० लाखमा झारेको छ । अब १० लाख रुपैयाँभन्दा बढीमा कारोबार हुने जग्गामा बिक्री गर्नेले १० प्रतिशत लाभकर तिर्नुपर्नेछ ।

यसअघि ३० लाख रुपैयाँभन्दा बढीको जग्गा किनबेचमा मात्र यस्तो कर लाग्ने गरेको थियो । सरकारले नयाँ बजेटमार्फत पुँजीगत लाभकरको सीमा २० लाख तल झारिएको छ ।

यसले शहरी क्षेत्रमा हुने जग्गा कारोबारमा पुँजीगत लाभकर बढी उठ्ने गरेको छ । तर, मालपोतका कर्मचारीसँग मिलेमतो गरी कारोबारको रकम कम देखाएर पुँजीगत लाभकर नतिर्ने समस्या रहँदै आएको छ ।

सरकारले अनुत्पादक क्षेत्रमा हुने लगानीलाई निरुत्साहन गर्न यो नीति ल्याएको हो । घर जग्गा कारोबारमा कालो धनको प्रवेश बढेपछि सरकारले यसविरुद्ध निर्मम नीति लिएको हो । यो व्यवस्था अनुसार ११ लाखको जग्गा बेच्दा १ लाख १० हजार रुपैयाँ पुँजीगत लाभकर बुझाउनुपर्नेछ ।

यो नीतिले घरजग्गाको कारोबारमा कमी आउने विश्लेषण गरिएको छ । अहिले शहरी क्षेत्रमा घरजग्गाको कारोबार तीव्र रुपमा बढेको छ ।

सरकारले बजेटमार्फत घरजग्गाको कारोबारमा संलग्न कम्पनीले इजाजतपत्र लिनुपर्ने व्यवस्था गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?