Comments Add Comment

करिनाको प्रश्नः आमा बनेपछि छोटा लुगा लगाउन किन नहुने ?


केही दिनअगाडि बलिउड अभिनेत्री करिना कपुरको छोटो पहिरनमाथि उनकै श्रीमान सैफ अली खानले आपत्ति जनाएको खबर आएको थियो । उनले सार्वजनिक स्थानमै करिनालाई कपडा चेन्ज गरेर आउन आदेश दिएका थिए । तर, करिनाले उनको आदेश मानिनन् ।

करिनाको पहिरन उनकै श्रीमानलाई चित्त नबुझिरहेको अवस्थामा अरुले त झन् प्रश्न उठाउने नै भए । हुन पनि सार्वजनिक कार्यक्रमहरुमा उनको ड्रेसअप हेर्दा लाग्दैन कि बच्चाकी आमा हुन् । उनी पारदर्शी र छोटा लुगा लगाएर हिँड्न हिच्किचाउँदिनन् । यसले सामाजिक सञ्जालमा उनको खुब आलोचना हुने गरेको छ ।

आफ्नो पहिरनमािथ उठेका प्रश्नहरुबारे करिनाले हालै मुख खोलेकी छिन् । एक अन्तवार्तामा उनले विवाहित र बच्चा भएका महिलाले छोटो लुगा लगाउन किन नहुने भनेर प्रतिप्रश्न गरिन् ।

करिनाले भनिन्, ‘हरेक मानिसले त्यस्तो कपडा लगाउनुपर्छ जुन उसलाई सुहाउँछ । जे लगाउँदा उ राम्रो देखिन्छ । बच्चाको आमाका लागि अर्को कुनै नियम छैन ।’

उनले आफ्नो परिवारको उदाहरण दिँदै भनिन्, ‘मेरी आमा बबिता मोर्डन कपडा लगाउनुहुन्छ । जिन्स र टपमा उहाँ निकै खुल्नुहुन्छ । के तपाईंहरुले मेरी सासु (शर्मिला टैगोर) लाई देख्नुभएको छ ? उहाँ जिन्स र सर्टमा शानदार देखिनुहुन्छ । ठिक त्यति नै जति सिल्क साडीमा देखिनुहुन्छ । म यस्तो परिवारुकी सदस्य हुँ, जहाँ महिलाहरुले त्यही लुगा लगाउँछन्, जुन उनीहरुलाई मन पर्छ ।’

करिना अगाडि भन्छिन्, ‘आमा हुनुको अर्थ यो होइन कि उनले अब छोटा लुगा लगाउन सक्दिनन् । यदि तपाईंमा आफ्नो शरीरलाई देखाउने कन्पिmडेन्स छ भन्ने निर्धक्क लगाउनुस । म गर्भवती हुँदा धेरै किसिमका कुराहरु सुन्नुपथ्र्यो । मैले ती सबैलाई पन्छाएँ । समाजले महिलाहरुलाई आफू खुशी जिउने स्वतन्त्रता दिनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment