+
+
Shares

सिजन गुरुङलाई रिहाइ गर्न माग गर्दै प्रदेश १ को संसद अबरुद्ध

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ २० गते १९:११

२० जेठ, विराटनगर । एक नम्बर प्रदेशसभाको आइतबारको बैठक अवरुद्ध भएको छ । प्रदेशसभा बैठक पहिलो पटक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरुद्ध गरेको हो ।

आफ्ना नेता तथा सुनसरी जिल्लाका तरुण दलका सभापति सिजन गुरुङलाई बिनाकारण थुनामा राखेको भन्दै संसद नेपाली कांग्रेसका सांसदले प्रदेश सभा बैठक अवरुद्ध गरेका थिए ।

प्रदेश सभाको बैठक शुरु भए लगतै उनीहरुले सभामुखको रोष्टम अगाडि उभिएपछि संसद अवरुद्ध बनेको थियो ।

सभामुखले पटक पटक बस्न आग्रह गर्दा पनि सांसदहरु नबसेपछि कांग्रेसका सचेतक केदार कार्कीलाई आफ्नो कुरा राख्न सभामुखले आग्रह गरेपछि कार्कीले आफ्ना कार्यकर्ता पक्राउको विषयमा जानकारी नदिएका कारण संसद अवरुद्ध गर्नुपरेको बताएका थिए ।

प्रतिपक्ष काग्रेसका सासदहरुले १० मिनेटसम्म संसद अबरुद्ध गरेका थिए ।

आन्तरिक मामिला तथा कानून मन्त्री विराटनगर बाहिर भएको कारण सोमबार बस्ने बैठकमा जवाफ दिने सत्तारुढ दलसँग सहमति भएपछि बैठक सुचारु भएको थियो ।

तरुण दलका सुनसरी जिल्ला सभापति सिजन गुरुङलाई केही दिनअघि प्रहरीले घरैबाट पक्राउ गरेको थियो । कांग्रेसले गुरुङ रिहाइको माग गदै सडकमा समेत प्रर्दशन गदै आएको छ ।

आइतबारको बैठकमा पनि सांसदहरूले विनियोजन विधेयकमा समावेश हुने बजेट तथा कार्यक्रमको सिद्धान्त, उद्देश्य र प्राथमिकता र प्रमुख नीति सहितको पूर्वबजेट सम्बन्धमा छलफल गरेका छन् ।

छलफलमा बोल्दै सांसदहरु नारायणबहादुर मगर, सीता थेबे, कुलप्रसाद साम्बा, एशोदा अधिकारी, कुशुम श्रेष्ठलगायतले आउने बजेटको प्राथमिकताका विषयमा बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?