Comments Add Comment

उपेन्द्र यादवको दावी-कांग्रेसले सक्दैन, अब कम्युनिस्टको विकल्प हामी हो

संविधानभित्रैबाट परिवर्तन संस्थागत गर्न सरकारमा सहभागी भएको स्पष्टोक्ति


२२ जेठ, काठमाडौं । उपप्रधानमन्त्री उपेन्द्र यादवले संघीय समाजवादी फोरम अब कांग्रेसको विकल्पका रुपमा स्थापित हुने बताएका छन् ।

फोरम अध्यक्ष यादवले मंगलबार पार्टी कार्यालयमा आयोजित स्वागत कार्यक्रममा कांग्रेसले अब कम्युनिस्ट पार्टीको विकल्प धान्न नसक्ने ठोकुवा गरे । ‘कांग्रेस अब कम्युनिस्टको विकल्प हुन सक्दैन भन्ने धारणामा धेरै मान्छे पुगिसके’ पार्टी अध्यक्ष समेत रहेका यादवले भने, ‘अब विकल्पको रुपमा फोरम हुन्छ भन्ने कुरा स्थापित हुँदै गएको छ । त्यसैले हाम्रो लागि पार्टी निर्माण गर्ने अत्यन्त राम्रो अवसर प्राप्त भएको छ ।’

यादवले आफूसँग तत्कालिन एमाले र त्यो भन्दा अघि पुष्पलाल समूहमा काम गरेकाहरु पनि सम्पर्कमा आएको र पार्टीमा धेरै मान्छेले प्रवेश गर्न खोजिरहेको दाबी गरे ।

उनले पार्टी बलियो बनाउँदै कम्युनिस्ट पार्टीको विकल्पमा रुपमा स्थापित हुने बताए । यादवले भने, ‘करिब दुईतिहाई नजिकको कम्युनिस्ट पार्टीलाई संघीय समाजवादी नभई हुँदैन भन्ने महसुस हुनु नै हाम्रो शक्ति हो । हामी संविधानको प्रक्रियाबाट परिवर्तनलाई संस्थागत गर्ने दिशामा जान्छौं । अरुले पनि हामाीबाट सिक्नुपर्छ ।’

यादवले संविधान संशोधन गराउने शर्तमै आफू सरकारमा सामेल भएको दाबी गरेका छन् । परिर्वतलाई संस्थागत गर्न सरकारमा जानु आवश्यक रहेको उनको तर्क थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment