Comments Add Comment

बजेटपछि बजाजका बाइकको मूल्य कति पुग्यो ? (सूचीसहित)


२२ जेठ, काठमाडौं । सरकारले बजेटमार्फत मोटरसाइकलको आयातमा लाग्ने करमा वृद्धि गरेपछि कम्पनीहरुले नयाँ मूल्यसूची सार्वजनिक गर्न थालेका छन् । तर, स्टकमा रहेका बाबइकको मूल्य भने पुरानै सूचीअनुसार नै बिक्री हुने जानकारी कम्पनीहरुले दिएका छन् ।

नेपालमा सबैभन्दा धेरै बिक्री हुने बजाज बाइकको आधिकाकरिक वितरक एचएएच बजाजले पनि आफ्नो मूल्यसूची सार्वजनि गरेको छ । कम्पनीले बजेट पूर्वकको मूल्य (प्रि बजेट प्राइस) र बजेट पछि आउने बाइकको मूल्य (पोस्ट बजेट प्राइस) को सूची सार्वजनिक गरेको छ ।

यसअनुसार डोमिनार-४००को मूल्यमात्रै १ लाख ३० हजार रुपैयाँ बढेको छ । यसअघि ४ लाख ६९ हजार ९ सय रुपैयाँ रहेको डोमिनार अब ५ लाख ९९ हजार ९ सय पुग्नेछ ।
पल्सर १५० को मूल्य ७ हजार रुपैयाँ बढेको छ । पल्सर-२२०मा २६ हजार मूल्य बढेको छ । पल्सर एभेन्जर-२२०मा २२ हजार रुपैयाँ मूल्यवृद्धि भएको छ । पल्सर एभेन्जर-१८०मा ३१ हजार रुपैयाँ मूल्य बढेको छ ।

तर, कम्पनीले पुरानो स्टक रहुन्जेल पुरानै मूल्यमा बाइक बिक्री गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment