Comments Add Comment

माछामासु छाड्दै हुनुहुन्छ ? पूर्ण शाकाहारी हुनु पनि हुनसक्छ घातक

अहिले चिकित्सककहाँ पुग्नुभयो भने, तपाईंको मेनुबाट थुप्रैथरी खानेकुरा कटौती हुनेछ । त्यसमा खसीको मासु, बोइलर कुखुरा पनि हुनसक्छ । चिल्लो, पिरो, अमिलो त छँदैछ ।

मासुजन्य पदार्थ शरीरले सजिलै पाचाउन सक्दैन । यसले शरीरमा अनेक रोग जन्माउँछ । जबकी शाकाहारी भएमा स्वस्थ रहने, उर्जावान हुने, रोगहरु लाग्ने सम्भावना कम हुने, आत्मग्लानी नहुने बताइन्छ ।

तर, शाकाहारी हुँदैमा पूर्ण स्वस्थ्य भइन्छ त ?

के माछामासु नखाँदैमा स्वस्थ्य, तन्दुरुस्त, जवान भइन्छ ? यसबारे भने मन्थन गर्नु जरुरी छ । खासमा शाकाहारी भएमा त्यसले केहि बेफाइदा पनि गर्छ । त्यसैले तपाई शाकाहारी बन्ने बारेमा सोच्दै हुनुहुन्छ भने अरुको लहैलहैमा लागेर होइन दृढ भएर मात्रै निर्णय गर्नुहोस् ।

यदि तपाई अझै पनि शाकाहारी हुने बारेमा सोच्नुभएको छ भने तपाईले पहिले यसको नकरात्मक पक्षहरुलाई बुझ्न आवश्यक छ । जसले पछि तपाई शाकाहारी बन्नुभयो भने त्यस्ता समस्याको प्रतिरक्षा गर्न पनि सक्नुहुन्छ ।

त्यसैले हचुवाको भरमा कुनै निर्णय नगरी यसको बारेमा सबैकुरा थाहा भएपछि मात्रै निर्णय लिनुहोला ।

स्वास्थ्य सम्बन्धी समस्या

सबैभन्दा पहिले सबैभन्दा मानिस शाकाहारी बन्ने मुख्य कारणको बारेमा कुरा गर्दा स्वास्थ्य समस्या अग्रस्थानमा आँउछ । धेरै मानिस आफु स्वस्थ हुने विश्वासमा लागि शाकाहारी बन्ने गर्छन् ।

शाकाहारी बनेमा यसले पाचनप्रणालीमा सुधार गर्छ र उर्जा बढाउँछ भन्ने उनीहरुको बुझाइ रहेको छ । यो सही पनि हो । तर, खानपानको सन्तुलन मिलाइएन भने, तो प्रत्युत्तपादक बन्न सक्छ । कतिपय अध्ययनहरुले भने शाकाहारी बन्नुकोे फाइदा भन्दा बेफाइदा धेरै हुने कुरा बताउँछ ।

१. प्रोटिन

सबैभन्दा महत्वपूर्ण शाकाहारी मानिसले मांसाहारी मानिसले भन्दा कम प्रोटिन खाने गर्छन् । यो सबैभन्दा ठूलो समस्या हो किनभने हामीलाई हाम्रो खानामा धेरै प्रोटिन आवश्यक हुन्छ । प्रोटिनले हाम्रो शरीरको ब्लकहरु बनाउँछ र जब हामी माछामासु खान्छौं त्यसले मासुलाई हाम्रो शरीरको मांसपेसी बनाउन गर्न प्रयोग गर्छ ।

तपाईले माछामासुको सट्टामा अण्डाबाट दुधबाट र सागसब्जीबाट पनि प्रोटिन पाउनुहुन्छ । गेडागुडी, ब्रोकाउली र सोयाबिनमा पनि प्रोटिन पाइन्छ तर, त्यसमा पाइने प्रोटिन मासुमा पाइने भन्दा धेरै पातलो हुन्छ ।

त्यस्तै सागसब्जी र अरु खानेकुरामा पाइने प्रोटिनमा माछामासुमा पाइने जति एमिनो एसिड हुँदैन । हाम्रो शरीरले अन्य खानेकुरामा पाइने प्रोटिनलाई मासुमा पाइने प्रोटिन जस्तो राम्रोसँग प्रयोग गर्न सक्दैन ।

२. तेलहरु

हामीले माछामासुबाट प्रोटिनमात्रै पाउँदैनौं । माछामासु तेल र फ्याटहरुको पनि धेरै ठूलो स्रोत हो । हामीलाई खानामा फ्याट घटाउनको लागि सँधै भन्ने गरिन्छ तर हामीलाई खानामा केहि मात्रामा फ्याटको आवश्यकता हुन्छ ।

फ्याट हाम्रो छाला, कपाल र हड्डीको लागि मात्रै आवश्यक नभइ यसले बिरामीबाट बचाउन र प्रोटिन उपयोग गर्न सक्छ । आवश्यक फ्याटी एसिड, जस्तै ओमेगा ३ ले फ्याटी एसिड हाम्रो मस्तिस्कको कार्यसम्पादनको लागि पनि आवश्यक छ र क्यान्सर हुने सम्भवना कम गछ । हामीले फ्याटी एसिड मुख्यगरि माछाबाट पाउन सक्छौं ।

३. भिटामिन बL १२

हामीले माछामासुबाट भिटामिन बि१२ पनि पाउँछौं । यो नै भिटामिन बि१२ को राम्रो स्रोत हो । त्यसैले शाकाहारी हुनाको बेफाइदाहरुलाई बेवास्ता नगर्नुहोस् ।

भिटामिन बि१२ वास्तवमै एक महत्वपूण पदार्थ हो र यसको कमीले नशा खराब हुने, उर्जा कम हुने र क्याल्सियमको उपयोगमा समस्या हुन्छ जसले ओस्टियोपोरोसिस जस्ता गम्भिर समस्या देखिन सक्छन् ।

बि१२ मस्तिस्कको समस्याको लागि पनि धेरै नै महत्वपूर्ण हुन्छ । त्यसैले हाम्रो मस्तिस्कको उचित कार्यसम्पादनको लागि हामी सर्वहारी हुनुपर्ने केही सिद्धान्तहरुले बताएका छन् । तपाईले बि१२ लाई अन्य फोर्टिफाइड स्रोतहरुबाट पाउनुहुन्छ तर, यो प्राकृतिक रुपमा पाइने जस्तो राम्रो हुँदैन ।

जीवनशैली

स्वास्थ सम्बन्धि समस्याहरुबाहेक अन्य केही कुराहरु पनि छन् जसकारण शाकाहारी मानिसहरुले पनि शाकाहारी हुन भन्दा सर्वहारी हुन ठिक भनेर स्विकार गर्ने गर्छन् ।

यदि तपाई आफ्नो साथीको घर जानुभयो भने उनीहरुले तपाईको लागि छुट्टै खाना बनाउन पर्छ । तपाईलाई मिठो शाकाहारी खाना खुवाउन उनीहरुले बाहिरबाट विशेष खानेकुराहरु लिएर आउनुपर्छ जसले तपाईलाई मैले गर्दा उनीहरुलाई गाह्रो भयो जस्तो लाग्न सक्छ ।

त्यसैगरि तपाईले बाहिरको रेष्टुरेन्टमा खाना खान जानुभयो भने पनि तपाईले मेनुमा थोरै मात्रै शाकाहारी खानाहरु पाउन सक्नुहुन्छ ।

त्यसैले सिद्धान्त अनुसार शाकाहारी बन्नु भन्नाले तपाईले आफ्नो खानामा सुधार गरेर विभिन्न खाले फास्टफुड खान छोड्ने र थोरै मात्रै स्याचुरेटेड फ्याट प्राप्त गर्ने हो ।

तर, व्यवहारमा तपाई भोकाएको हुनुहुन्छ र खानाको रुपमा माछामासु मात्रै उपलब्ध छ भने पनि मासुको एक टुक्रा खान सक्नुहुन्न । बरु, तपाईले सागसब्जीबाट बनेका केहि खानुपर्छ ।

तपाईले कि्रस्पहरु र बटर राखिएको रोटी पाउनुहुन्छ जुन अस्वस्थ हुनसक्छ । त्यसैगरि तपाईले लामो यात्रा गर्दा धेरै थरि खानेकुरा पाउनुहुन्न र पाइहाल्नुभयो भने पनि मासुजन्य पदार्थ भन्दा स्वस्थ खालको खानेकुरा पाउनुहुन्न ।

शाकाहारी भएमा तपाईले धेरै खानाहरुको स्वाद र धेरै अनुभवहरु छुटाउनुहुन्छ । त्यसैले पनि होला पछि शाकाहारी बनेका धेरैजसो मानिसहरुले मासुको स्वादलाई याद गर्ने बताउँछन् ।

जब तपाईका सबै साथीहरु मासुका विभिन्न परिकारहरु खाइरहेका हुन्छन तपाई भने सलाद खान बाध्य हुनुहुन्छ । त्यतिमात्रै होइन तपाई मिठाईहरु पनि खान पाउनुहुन्न किनभने विभिन्न मिठाइहरुमा त्यसलाई लामो समयसम्म टिकाइ राख्न जनावरको बोसो प्रयोग गरिएको हुन्छ ।

त्यसैगरि अन्य विभिन्न खानेकुराहरुमा पनि स्वादको लागि जनावरको बोसो प्रयोग गरिन्छ । त्यसैले धेरैजसो शाकाहारीहरुले थाहै नपाइ मासुजन्य पदार्थबाट बनेका परिकार खाइरहेका हुन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment