२४ जेठ, विराटनगर । प्रदेश १ को संसद बैठकलाई सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार विराटनगर आउने भएका छन् ।
उनले संसदको जारी बजेट अधिवेशनलाई शनिवार सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।
प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले प्रदेश सरकार नीति तथा कार्यक्रमसँगै बजेटको तयारीमा व्यस्त छ ।
यसअघि पूर्वबजेट छलफलका गर्न तीन दिन बैठक चलेको थियो ।प्रधानमन्त्री केपी शर्मा ओलीे शनिबारको बैठकलाई सम्बोधन गर्नेछन् ।
प्रधानमन्त्री आउने भएपछि बैठकलाई व्यवस्थित गर्न र सहभागी हुन सक्ने अतिथि बस्ने व्यवस्था मिलाउन संसद सचिवालयले तयारी थालेको जनाएको छ । प्रदेश सभाको बैठक आगामी शुक्रवार बस्दैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4