२४ जेठ, काठमाडौं । कालिका ग्रुपअन्तर्गत डायमण्ड हाइड्रोपावर प्रालिले प्रवर्द्धन गरेको १० मेगावाट जडित क्षमताको माथिल्लो दरौँदी- १ जलविद्युत आयोजना र कुमारी बैंक लिमिटेड र सेञ्चुरी कमर्सियल बैंकको एक अर्ब ३४ करोड ८० लाख रुपैयाँ परियोजना कर्जाको वित्तीय व्यवस्थापन सम्पन्न भएको छ । जनता बैंक नेपाल लिमिटेडको नेतृत्वमा उक्त वित्तीय व्यवस्थापन सम्पन्न भएको हो ।
लगानी सम्बन्धी सम्झौतामा कम्पनीका तर्फबाट निकोलस पाण्डे र कन्सोर्टियम बैँकका तर्फबाट जनता बैंकका काठमाडौं क्षेत्रीय प्रमुख कल्याणविक्रम पाँडेले बिहीबार हस्ताक्षर गरे ।
आयोजनाको निर्माण लागत १ अर्ब ९२ करोड रुपैयाँ रहेकामा कुल लागतको ७० प्रतिशत रकम बैंकहरूले परियोजना कर्जा प्रदान गर्ने छन् ।
माथिल्लो दरौंदी – १ जलविद्युत आयोजना गोरखा जिल्लामा अवस्थित दरौदी खोलामा निर्माण हुनेछ । कालिका ग्रुपबाट प्रवर्द्धित चालू अवस्थामा रहेको ६ मेगावाट दरौंदी एकोटेलरेसको पानी र दरौंदी खोलामा २० मिटरको बाँधबाँधी १४.९६ क्युसेक पानी करिब २९५० मिटर पाइप, २०२४ मिटर सुरुङ र करिब ७२४ मिटर पेनस्टकपाइपको माध्यमद्धारा विद्युत गृहमा जडित फ्रान्सिस टर्वाइन (२ वटा)को माध्यमले विद्युत् उत्पादन गरेपछि सम्पूर्ण पानी पुनः दरौंदी खोलामा छोडिने छ ।
परियोजना प्रतिबेदन अनुसार आयोजनाबाट वार्षिक पाँच करोड १८ लाख ३१ हजार ८८८ युनिट विद्युतीय ऊर्जा उत्पादन हुनेछ । उत्पादित ऊर्जा नेपाल विद्युत् प्राधिकरणसँग भएको विद्युत् खरिद बिक्री सम्झौताअनुसार न्यू मर्स्याङ्दी सबस्टेसन, तनहुँमा जडान गरिनेछ ।
प्रतिक्रिया 4