Comments Add Comment

यो सरकार पुजारी जस्तो होइनः प्रधानमन्त्री ओली

२५ जेठ, काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले नेतृत्व गरेको सरकार पुजारी जस्तो नभएको बताएका छन् ।

मन्त्री तथा सचिवहरुलाई नीति तथा कार्यक्रम र बजेट कायान्वयन गर्न निर्देशन दिदै प्रधानमन्त्री ओलीले भने,’ यो सरकार पुजारी जस्तो होइन । बिहान उठ्ने मन्दिर जाने पुजागर्ने । अनि भोलि फेरि उही रित दोहोर्‍याउने ।

प्रधानमन्त्री ओलीले देशलाई नयाँ ढंगले अघि बढाउने भन्दै वर्तमान सरकार विगतको निरन्तरता मात्रै नभएको दावी गरे ।

देशमा लोकतन्त्र आइसकेको, बजनताका अधिकार स्थापित भइसकेको अवस्थामा जनताका अपेक्षा पनि सरकारप्रति धेरै रहेको बताउँदै उनले जनअपेक्षा पूरा गर्नका लागि सबै मन्त्रालयहरुले योजनाबद्ध ढंगले काम गर्नुपर्ने बताए ।

विकासप्रति नयाँ दृष्टिकोण बनाउनुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । प्रधानमन्त्री ओलीले असार २५ गते मन्त्रालयले बनाएको योजनामा व्यापक छलफल गरी साउन १ गतेबाट कार्यन्वयनको काममा गति दिन पनि मन्त्रीहरुकेा गम्भीर ध्यानाकर्षण गराएका छन् ।

‘हरेक मन्त्रालयले के कस्ता कार्यक्रम सञ्चालन गर्ने, कसरी गर्ने त्यसका लागि असार १५ गते भित्रमा ठोस योजना लिएर आउनुहोस’ प्रधानमन्त्री ओलीले मन्त्री र सचिबहरुलाई निर्देशन दिँदै भने, ‘असार २५ गते ती योजनाको बिषयमा ब्यापक छलफल गरेर साउन १ गतेदेखि कार्यन्वयन सुरु गर्नु पर्दछ ।’

प्रधानमन्त्री ओलीले जमिनलाई सदुपयोग गरेर कृषिमा आत्मनिर्भर हुने बाटोमा अघि बढ्नु पर्ने धारणा व्यक्त गरेका छन् । उनले कृषिकै माध्यमबाट जनता आत्मनिर्भर हुन सक्ने बताए ।

अर्थमन्त्री मन्त्रालयले बनाएको बजेट कार्यान्वयन सम्बन्धी कार्य योजनामा व्यापक छलफल गरेर अघि बढन पनि प्रधानमन्त्री ओलीले सचेत गराए ।

साथै प्रधानमन्त्री ओलीले बजेटमाथि असन्तुष्टि व्यक्त गर्नेहरुलाई कामबाटै जवाफ दिनुपर्ने बताएका थिए । उनले सरकार सुशासनमा दृढ रहेको उल्लेख गर्दै त्यसको प्रत्याभूति दिलाउने काममा प्रतिवद्ध भएर लाग्न पनि मन्त्री र सचिवहरुलाई निर्देशन दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment