1. ताजा अपडेट
Comments Add Comment
up
२०७५ जेठ २५ गते १७:३६
Urtha na bartha ko vasan garyo. Yo sapana diuso dekhe tyo sapana rati dekhe bhanyo. Tung na puchhar ko vasan garyo .Yehi chha Dr. Oli ko vasan thokne saili.
खडुनिधि संग्रौला, दुधे, झापा
२०७५ जेठ २५ गते १७:२८
प्रधानमन्त्री केपी शर्मा ओलीले आफू पुजारी जस्तो नभएको बताएका छन् _______________________________________________________ म हैन बिगतको एमालेको नयाँ नेकपाको प्र.म. हुँ म हैन हिदु बौद्ध पुजारी लाज लाग्छ बोल्नलाइ ऊँ मोदी आँउदा बनियो पुजारी मुक्तिनाथ र जानकि मान्दैन देउता उत्तरका रास्ट्रपति सीजिंग पिङ्गजी गफै भो अति उपदेश ठट्टा रमाइलो कति कति कागजेमा दौडिने भो योजना बजेट कार्यक्रम अति गर्दीएका छन पुजा पुजारी ले पशुपतिमा पिठ मन्दिरमा चलेको छ देश भगवान भरोसे अनि उनीकै आसिर्रबादमा प्रम हौ के घृणा फैलाउन्चौ पुजा पाठ देब भक्तिको देउ उदारण अरुनै न हेप भगवान को सक्तिको
Anjaan
२०७५ जेठ २५ गते १६:२७
यो सरकार पुजारी जस्तो होइन । बिहान उठ्ने मन्दिर जाने पुजागर्ने । अनि भोलि फेरि उही रित दोहोर्‍याउने । हैन राष्टिय पुजारी संघ गठन भा छ कि छैन हाेला । छैन भने गर्नु पराे, अनि घनघाेर अान्दाेलन चलाउनु पर्याे । अाेली बा के भा ? कसैलाइ नघाेंचि, नचलाइ, नखसाइ पनि अाफ्ना तर्कहरू राख्न सकिन्छ नी हैन ? घरि यस्लाइ उडाछ, घरि उस्लाइ खसाल्याछ... के हाे के । अब पुजारीले के गरून् त मन्दिर नगर ? पुजारी मात्र किन हामी सबैकाे उही त हाे नि दैनिकी, कार्यालय, दाेकान, व्यवसाय...अाज गाडि चलाउने, भाेलि पढाउन जाने, पर्सि पसलमा बसेर सामान बेच्ने, निकपर्सि गित गाउने त कसैले गर्दैन हाेला हाै । फेरी याे सरकार नि के त, सरकारी अावसबाट मन्त्रालय, कैले काहिं यसाे रिबन काट्ने, भाषण, अन्तरवार्ता, त्यही न हाे । देशकाे दुइतिहाइ बहुमतकाे सरकारकाे प्रमुख भएसि कमसेकम बाेल्दा अलि बिचार गरेर जिब्राे चलाउनु नी हाे । यहाँकाे भए नि नभए नि हामी जनताकाे त धेरथाेर इज्जत छ नी, फेरी विदेशी मित्रहरूले तेराे पि.एम. काे के पारा हाे भन्दा हाम्ले कतिमात्र डिफेन्स गरिबस्नु । छापिदेकाेमा अनलाइनलाइ धन्यवाद, रिसले अागाे भएका हनुमानहरूलाइ केइ न केइ ।
R_R
२०७५ जेठ २५ गते १६:०३
Tara janaki mandir ma chai puja garna milchha...daju vai milera,, ki kaso?hahaha!!!

यो सरकार पुजारी जस्तो होइनः प्रधानमन्त्री ओली

२५ जेठ, काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले नेतृत्व गरेको सरकार पुजारी जस्तो नभएको बताएका छन् ।

मन्त्री तथा सचिवहरुलाई नीति तथा कार्यक्रम र बजेट कायान्वयन गर्न निर्देशन दिदै प्रधानमन्त्री ओलीले भने,’ यो सरकार पुजारी जस्तो होइन । बिहान उठ्ने मन्दिर जाने पुजागर्ने । अनि भोलि फेरि उही रित दोहोर्‍याउने ।

प्रधानमन्त्री ओलीले देशलाई नयाँ ढंगले अघि बढाउने भन्दै वर्तमान सरकार विगतको निरन्तरता मात्रै नभएको दावी गरे ।

देशमा लोकतन्त्र आइसकेको, बजनताका अधिकार स्थापित भइसकेको अवस्थामा जनताका अपेक्षा पनि सरकारप्रति धेरै रहेको बताउँदै उनले जनअपेक्षा पूरा गर्नका लागि सबै मन्त्रालयहरुले योजनाबद्ध ढंगले काम गर्नुपर्ने बताए ।

विकासप्रति नयाँ दृष्टिकोण बनाउनुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । प्रधानमन्त्री ओलीले असार २५ गते मन्त्रालयले बनाएको योजनामा व्यापक छलफल गरी साउन १ गतेबाट कार्यन्वयनको काममा गति दिन पनि मन्त्रीहरुकेा गम्भीर ध्यानाकर्षण गराएका छन् ।

‘हरेक मन्त्रालयले के कस्ता कार्यक्रम सञ्चालन गर्ने, कसरी गर्ने त्यसका लागि असार १५ गते भित्रमा ठोस योजना लिएर आउनुहोस’ प्रधानमन्त्री ओलीले मन्त्री र सचिबहरुलाई निर्देशन दिँदै भने, ‘असार २५ गते ती योजनाको बिषयमा ब्यापक छलफल गरेर साउन १ गतेदेखि कार्यन्वयन सुरु गर्नु पर्दछ ।’

प्रधानमन्त्री ओलीले जमिनलाई सदुपयोग गरेर कृषिमा आत्मनिर्भर हुने बाटोमा अघि बढ्नु पर्ने धारणा व्यक्त गरेका छन् । उनले कृषिकै माध्यमबाट जनता आत्मनिर्भर हुन सक्ने बताए ।

अर्थमन्त्री मन्त्रालयले बनाएको बजेट कार्यान्वयन सम्बन्धी कार्य योजनामा व्यापक छलफल गरेर अघि बढन पनि प्रधानमन्त्री ओलीले सचेत गराए ।

साथै प्रधानमन्त्री ओलीले बजेटमाथि असन्तुष्टि व्यक्त गर्नेहरुलाई कामबाटै जवाफ दिनुपर्ने बताएका थिए । उनले सरकार सुशासनमा दृढ रहेको उल्लेख गर्दै त्यसको प्रत्याभूति दिलाउने काममा प्रतिवद्ध भएर लाग्न पनि मन्त्री र सचिवहरुलाई निर्देशन दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

ट्रेन्डिङ

Advertisment