+
+
Shares

सिद्धबाबा डाँडो काटेर वैकल्पिक सडक निर्माण गरिने

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ २५ गते १८:४६

२५ जेठ, बुटवल । प्रदेश ५ सरकारले सिद्धबाबा क्षेत्रको डाँडो काटेर बैकल्पिक मार्ग बनाउने नीति तय गरेको छ ।  आगामी आर्थिक वर्ष ०७५/०७६को नीति तथा कार्यक्रममा बुटवल-पाल्पा सिद्धार्थ राजमार्ग अन्तर्गतको सिद्धबाबा क्षेत्रलाई प्राथमिकतामा राखेको हो ।

प्रदेश सभामा शुक्रबार प्रदेश प्रमुख उमाकान्त झाले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सिद्धबाबा क्षेत्रमा पहिरोका कारण हुने यातायात अवरोधलाई अन्त्य गर्न वैकल्पिक मार्गको पहिचान गरी प्रदेश सरकारले निर्माण कार्य गर्ने जनाए ।

पहिरोको जोखिम अन्त्य गर्न डाँडो कटान गरी निर्माणजन्य सामग्रीको रूपमा उपयोग गर्ने नीति अवलम्वन गरिने नीतिमा उल्लेख छ ।

प्रदेश पाँच सरकारको नीति तथा कार्यक्रममा डाँडो नै कटान गर्ने नीति ल्याइनु सिद्धबाबा क्षेत्रको पहिरो ग्रस्त सडकखण्डका तत्कालका लागि सबैभन्दा राम्रो बिकल्प बन्ने अनुमान गरिएको छ ।

यसबीचमा बैकल्पिक सडक, सुरुङमार्ग र अन्य प्रबिधिहरुका पनि चर्चामा चलिरहेका छन् । संघीय सरकारको बजेटमा सिद्धबाबा क्षेत्रमा सुरुङमार्गको सम्भाब्यता अध्ययनका लागि बजेट बिनियोजन गरिएको छ ।

वनपैदावर पनि नभएको उक्त डाँडो कटान गरेमा त्यहाँबाट प्राप्त हुने नदिजन्य बस्तुहरु ढुंगा, गिटीको बिक्री बितरण गरेर प्रदेश सरकार र सम्बन्धित जिल्लालाई राजश्व बापत आम्दानी पनि हुने र तिनाउको दोहन पनि केही मात्रामा भए पनि रोकिने सरकारको तर्क छ ।

प्रदेश सरकारले सुरुङमार्ग या अन्य प्रबिधिको खोजी गर्नु भन्दा डाँडो काट्ने प्रबिधि सबैभन्दा राम्रो मात्र नभइ आयजनक पनि हुने सरोकारवालाहरुले समेत बताएका छन् ।

लुम्बिनी, गण्डकी र धौलागिरी अञ्चलको प्रवेशद्वार मानिने शिद्धार्थ राजमार्ग निकै व्यस्त रहने गर्छ ।

यहाँबाट पाल्पा, गुल्मी, अर्घाखाँची, स्याङ्जा, पोखरा, पर्वत, बाग्लुङ, बेनी लगायतका जिल्लामा गाडी गुड्छन् ।

दैनिक सयौंको संख्यामा गाडी गुड्ने यो सडक यस क्षेत्रका मानिसका लागि ‘ज्यानमारा’ सावित भएको छ । उक्त सडकको ३ किलोमिटरमा वर्षेनी सयौं सवारीसाधन दुर्घटनामा परेर मानिसको अकालमा मृत्यु हुने गरेको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?