Comments Add Comment

दुर्गा र बलु हत्याका ८ अभियुक्त जेल चलान

जेठ २५,बुटवल । रुपन्देहीका दुई युवा नेताको हत्याको अभियोग पक्राउ परेका ८ जनालाई पुर्पक्षका लागि थुनामा राख्न अदालतले आदेश दिएको छ ।

तत्कालीन युवा संघ नेपाल रुपन्देहीका जिल्ला अध्यक्ष दुर्गा तिवारी र काष्ठ व्यवसायी बसन्त पौडेल बलुको हत्यामा संलग्न अभियुक्तहरुलाई जिल्ला अदालत रुपन्देहीले पुर्पक्षका लागि थुनामा राख्न शुक्रबार आदेश दिएको हो ।

देवदह निवासी दुर्गा तिवारीको २०७३ पुस ४ गते र बलु पौडेलको ०७४ पुस २१ गते आफ्नै सःमिल देवदहमा गोली हानी हत्या गरिएको थियो ।

बिहीबार र शुक्रबार दुई दिनसम्म चलेको वादी/प्रतिवादीतर्फको बहस पछि जिल्ला न्यायाधीश भोलानाथ ढकालको इजलासले अभियुक्तहरुलाई थुनामा राख्न आदेश दिएको जिल्ला अदालत रुपन्देहीका श्रेस्तेदार सञ्जीव पोखरेलले बताए ।

अभियुक्तहरुलाई मुलुकी ऐन अदालती बन्दोबस्त ११८ को २ र संगठित अपराध ऐन २०७० को दफा ४१ ब्मोजिम पुर्पक्षका लागि थुनामा राख्न आदेश भएको श्रेस्तेदार पोखरेलले बताए ।

तिवारी र पौडेलको हत्यामा संलग्न भएको अभियोगमा जिल्ला सरकारी वकिल कार्यालयले युवा संघका तत्कालीन केन्द्रीय सदस्य सुजु मल्ल, नेता उत्तम आचार्य, रोशन खड्का, देवदहका लेखनाथ न्यौपाने, तुल्सीराम न्यौपाने, सुवास गुरुङ,राम गुरुङ र बुटवलका हरिप्रसाद श्रेष्ठविरुद्ध सोमबार अदालतमा जिल्ला सरकारी वकिल कार्यालयले संगठित रुपमा कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगमा मुद्दा दायर गरेको थियो ।

अदालतको आदेशपछि अभियुक्तहरुलाई जिल्ला कारागार भैरहवा चलान गरिएको छ । उनीहरु अब अन्तिम फैसला नहुदासम्म थुनामा बस्नुपर्नेछ ।

अदालतमा वादीको तर्फबाट जिल्ला न्यायाधीवक्ता र सहन्यायाधीवक्ताले बहस गरेका थिए भने प्रतिवादीको तर्फबाट २ दर्जन कानून व्यवसायीले बहस गरेका थिए ।

हत्याका मुख्य योजनाकार देवदहका मनोज पुन र भैरहवाका सोम आलेको भने यसअघि प्रहरी इन्काउन्टरमा मृत्यु भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment