+
+
Shares

बन्द भएका सबै उद्योग सञ्चालन हुन्छन्ः प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ २७ गते १४:५०
फाइल तस्वीर

२७ विराटनगर,जेठ । पूर्वप्रधानमन्त्री एवंम नेकपाका अध्यक्ष प्रचण्डले बन्द भएका उद्योगहरु सञ्चालन गर्न सरकारले पहल गरिरहेको बताएका छन् ।

उद्योग संगठन मोरङको स्वर्ण जयन्ती समारोहको इतिहास विमोचन र ४६ औं वाषिर्क साधारणसभालाई आइतबार विराटनगरमा सम्बोधन गर्दै अध्यक्ष पचण्डले विराटनगर जुटमिलसहित बन्दै भएका सबै उद्योगहरु सञ्चालन गर्ने गरी पहल भइरहेको बताएका हुन् ।

साथै कार्यक्रममा अध्यक्ष प्रचण्डले कृषिमा आधारित उद्योगहरुलाई प्राथमिकता दिएर अगाडि नबढाएसम्म नेपालमा आर्थिक क्रान्तिको सम्भव नहुने बताएका छन् । नेपालको बिकासको मुख्य सम्बाहक कृषि र त्यसमा आधारित उद्योगहरु नै भएको अध्यक्ष प्रचण्डको भनाइ छ ।

प्रचण्डले कृषि क्षेत्रमा र कृषिमा आधारित उद्योगहरु स्थापना गरी रोजागारी सिर्जना गरी आयातलाई विस्थापन गरेर निर्यात बढाउने बताए ।

विराटनगर औद्योगिक नगरीको रुपमा इतिहासमा दर्ज भएको ठाउँ भएको भन्दै उनले विराटनगरको जुटमिल्ससँगै अरु उद्योगहरुलाई पनि पुनः संचालन र नयाँ स्थापनामा सरकारले जोड दिएको बताए ।

उनले प्रदेश १ को राजधानी विराटनगर राजनीतिक चेतनाका साथै आर्थिक गतिविधिले पनि अग्रणी शहर भएको उल्लेख गरे ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधान, विराटनगर महानगरपालिकाको प्रमुख भिम पराजुली, उद्योग वाणिज्य महासंघका पर्वअध्यक्ष बिनोदबहादुर श्रेष्ठ, मोरङ व्यापार संघका अध्यक्ष पवन सारडा लगायतका उद्योगीहरुले मुलुकको विकासका लागि दलहरु बीच साझा एजेन्डा आवश्यक रहेकामा जोड दिएका थिए ।

कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आर्चायसहित पत्रकार गणेश लम्साल तथा मकालु टेलिभिजका संवादाता नविन कर्णलाई कदरपत्रबाट सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?