+
+
Shares

अभ्यासमा फर्किए सलाह, हजारौं समर्थक पुगे मैदान

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ २७ गते १९:१७

काठमाडौं । इजिप्टका फरवार्ड मोहम्मद सलाह इजिप्ट टिमको अभ्यासमा सामेल भएका छन् । च्याम्पियन्स लिगको फाइनलमा घाइते भएपछि यो उनको पहिलो अभ्यास हो ।

उनी अभ्यासमा फर्किएसागै इजिप्ट टिमका समर्थकहरुले खुशी मनाएका छन् । उनले अभ्यास गरेको पनि हजारौं समर्थकले हेरेका थिए । रसिया जानुअघि आइतबार उनले इजिप्टको क्यारिओमा अभ्यास गरेका हुन् ।

इजिप्ट विश्वकपको समूह ‘ए’ मा साउदी अरेबिया, इजिप्ट र उरुग्वेसँगै रहेको छ । सलाह र्फममा फर्किए अर्को चरणमा जाने इजिप्टको सम्भावना बलियो हुने छ ।

किभमा गत महिना भएको च्याम्पियन्स लिगको फाइनल खेलमा रियल मडि्रडका डिफेन्डर रामोसले लिभरपुलका सलाहलाई ट्रयाकल गरेर लडाएका थिए । त्यसक्रममा उनको हात लक भएर चोट लागेपछि आँखाभर आँशु पार्दै मैदान छाड्नु परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?