+
+
Shares

धनकुटामा दुई किलो गाँजासहित दुई जना समातिए

महालक्ष्मीमा गाँजा फडानी

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ २९ गते १२:५१
फाइल फोटो

२९ जेठ, धनकुटा । प्रहरीले धनकुटास्थित छथरको जोरपाटी गाउँपालिका-४ बाट दुई किलो गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जथर जोरपाटी-४ का ईन्द्रबहादुर अधिकारीको र झपट बहादुर नेपाली छन् ।

प्रहरी चौकी, सिधुवाबाट खटिएको ग्रामीण गस्ती टोलीले विशेष सूचनाका आधारमा  उनीहरूको घरमा छापा मार्दा एक/एक किलो गाँजा बरामद भएको हो ।

उनीहरुको घरको माथिल्लो तलामा प्लाष्टिकको पोका बनाएर गाँजा लुकाएर राखेकाे अवस्थामा बरामद गरिएको प्रहरीले जनाएकाे छ । थप अनुसन्धान जारी रहेको बताइएकाे छ ।

यता, धनकुटाको महालक्ष्मी नगरपालिका-७ मा प्रहरीले गाँजा फडानी गरेको छ ।

महालक्ष्मी नगरपालिका-७, अर्खौले स्थित कमला बुढाथोकी, रामचन्द्र पौडेल, धनबहादुर श्रेष्ठ र हिरा पराजुलीको बारीमा आफैं उम्रिएको दाबी गरिएको गाँजा प्रहरी चौकी, जितपुरबाट गएको टोलीले फडानी गरेको हो ।

त्यहाँ करिब दुई हजार गाँजाका बोटहरु थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?