२९ जेठ, बर्दिबास । महोतुतरीको बर्दिबास नगरपालिकामा विषालु सर्पको टोकाइबाट स्थानीय ४ वर्षकी बालिकाको मृत्युभएको छ । बालिकालाई सोमबार अपरान्ह ४ बजे आफ्नै घरअगाडि साथीहरुसंग खल्दै गरेको बेला विषालु सर्पले टोकेर बर्दिबास नगरपालिका १४ कि ४ वर्षकी आर्शी दाहालको मृत्यु भएको हो ।
उनलाई बर्दिवास नपा ३ स्थित सर्पदंश उपचार केन्द्रमा उपचार हुन नसकेपछि थप उपचारको लागि बाहिर रेफर गरिएको थियो । थप उपचारको लागि धरान लैजाँदै गर्दा बालिकाको मृत्यु भएको परिवारजनले बताएका छन् ।
केही दिन यता बढेको अत्यधिक गर्मीको कारण यस क्षेत्रमा सर्पको बिगबिगी भएको छ ।
बर्दिवासमा सर्पदंशको उपचार राम्रो नभएको भन्दै स्थानीय वासिन्दाले स्तरोन्नति गर्न माग गरेका छन् । सर्पदंशको उपचारको लागि आवश्यक भेन्टिलेटरसहितको उपकरण राख्न उनीहरुले माग गरेका हुन् ।
पटक पटक स्वास्थ्य मन्त्रालयमा माग गरे स्तरोन्नति हुन सकेको छैन । यस उपचार केन्द्रमा महोत्तरीसँगै धनुषा , सिन्धुली र भारतबाट समेत सर्पदंशका बिरामी उपचार गराउन आउने गर्छन् ।
प्रतिक्रिया 4