+
+
Shares

चौवास वन कार्यालयको भवन समयमा नबनाउने ठेकेदार पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ ३० गते २०:४६

३० जेठ, काभ्रे । तोकिएको समयभित्र आयोजना निर्माण नसकेको आरोपमा प्रहरीले काभ्रेका ठेकेदार लालप्रसाद चौलागाईंलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयको टोलीले अग्रिम निर्माण सेवा कम्पनीका प्रापाइटर पोखरीचौकरुी गाविस–८ हाल चौरीदेउरानी गाउँपालिका–५ घर भएका ४३ वर्षीय लालप्रसाद चौलागाईंलाई पक्राउ गरेको हो ।

उनले जिल्ला वन कार्यालय, काभ्रेपलाञ्चोक अन्तरगत इलाका वन कार्यालय, चौवासको भवन निर्माण आयोजनाका गत १९ वैशाखमा सक्नु पर्नेमा हालसम्म पनि सम्पन्न नगरेको प्रहरीको भनाइ छ । थप अनुसन्धान र सोधपुछ भइरहेको काभ्रेका प्रहरी प्रमुख उपरीक्षक रविराज खड्काले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?