१ असार, जनकपुरधाम । प्रदेश २ सरकारले प्रत्येक निर्वाचन क्षेत्रमा ५० लाख रुपैयाँ विनियोजन गरेको छ । शुक्रबार प्रदेशसभामा आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले पेश गरेको बजेटमा सांसदको योजनामा खर्च गर्न प्रत्येक निर्वाचन क्षेत्रमा ५० लाख रुपैयाँ विनियोजन गरिएको हो ।
प्रदेश सरकारले सडक निर्माणमा १ अर्ब २६ करोड, ‘हर खेतमे पानी हर हाथमे काम’ योजनाका लागि ५२ करोड, मुख्यमन्त्री स्वच्छता अभियानमा २१ करोड, मुख्यमन्त्री बेटी पढाउ योजनाका लागि २० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । त्यस्तै मुख्यमन्त्री राहत र पुनःस्थापन कोषमा १५ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
निशुल्क दलित शिक्षा र छात्राबास निर्माणको लागि ८ जिल्लामा ८ करोड, ‘खिलेगा मधेस, खेलेगा मधेस’ नारा दिई युवा खेलकुद विकासमा ९ करोड ७४ लाख र युवालाई कृषिमा आकर्षित गर्न १६ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
प्रतिक्रिया 4