Comments Add Comment

ग्रिनपिस रिसोर्टबाट साढे ४ लाख रुपैयाँसहित १६ जुवाडे समातिए

३ असार, काठमाडौं । प्रहरीले काठमाडौंको तार्केश्वर–५, मुडखुस्थित ग्रिनपिस रिसोर्टमा छापा हानेर १६ जना जुवाडेलाई पक्राउ गरेको छ । उनीहरुको साथबाट ४ लाख ५२ हजार ६ सय ५० रुपैयाँ बरामद भएको छ ।

काठमाडौं प्रहरी परिसरबाट खटिएको विशेष टोलीले टेकजाँदा गर्दा कौडा खेलाइरहेको अवस्थामा १६ कौडा र विभिन्न कम्पनीका मोबाइल २१ वटा समेत बरामद गरेको छ ।

पक्राउ पर्नेमा १२ जना पुरुष र ४ जना महिला छन् । उनीहरुले कानुनी कारबाहीबाट बच्ने उद्देश्यले विभिन्न स्थान र समय परिवर्तन गरेर नियमित रुपमा जुवा खेल्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

पक्राउ पर्नेहरुको सूची

  • जिल्ला काभ्रे पनोती न.पा.वडा नं. ६ घर भई हाल का.जि.का.म.न.पा.नरदेवी बस्ने मस्त सिंह गोलेको छोरा बर्ष ४० को जितमान गोले ।
  • जिल्ला ललितपुर महाँकाल गा.पा.वडा नं. २ भई ल.पु.म.न.पा.वडा नं. २३ बस्ने शेखरनाथ बजगाईको छोरा बर्ष ४२ को महेश बजगाई
  • का.म.न.पा वडा नं. १३ बस्ने नुछे खड्गीको छोरा बर्ष ४४ को दिपेश खड्गी
  • का.जि.का.म.न.पा.२४ नरदेवी बस्ने कालु महर्जनको छोरा बर्ष ५५ को सानुकाजी महर्जन
  • जिल्ला मकमानपुर थाह न.पा.वडा नं. ७ भई हाल का.जि.का.म.पा १४ कलंकी बस्ने अर्जुन ब.के.सी.को छोरा बर्ष ३६ को बसुन्धरा के.सी. ।
  • का.जि.का.म.पा.१५ स्वयम्भु बस्ने महारत्न सिंहको छोरा बर्ष ६१ को गौतम सिंह महर्जन ।
  • जिल्ला मकमानपुर थाह न.पा.वडा नं.६ भई का.म.न.पा.१४ कलंकी बस्ने मथुरा बलामीको छोरा बर्ष २६ को भुभन बलामी
  • का.म.न.पा.१५ स्वयम्भु बस्ने बावुकाजी महर्जनको छोरा बर्ष ४० को दिपक महर्जन ।
  • जिल्ला मकवानपुर गढिगाउपालीका वडा नं. ८ भई ल.पु.जि.गोदावरी न.पा.वडा नं. ७ बस्ने तारानाथ घिमिरेको छोरा बर्ष ४४ को नन्दी केशर घिमिरे ।
  • जिल्ला नुवाकोट लुखु गा.पा.वडा नं. ५ भई हाल का.जि.हात्तिगौडा बस्ने भैदव बस्नेतको छोरा बर्ष ४० को कृष्ण बस्नेत ।
  • जिल्ला सिन्धुपाल्चोक साबिक कर्थली गा.बि.स.वडा नं. १ का.जि.का.म.न.पा वडा नं. २९ सामाखुसी बस्ने ईन्द्र ब.गुरुङ्गको छोरा बर्ष ३६ को नबिन गुरुङ्ग
  • जिल्ला काभे्र देउपुर न.पा.वडा नं. ४ भई हाल ल.पु.जि.ल.पु.म.न.पा.१५ खुमल्टारमा बस्ने हरि प्रसाद नेपालको छोरा बर्ष ३५ को दयाराम नेपाल ।
  • का.जि.का.म.न.पा.वडा नं. १० पुरानोबानेश्वर बस्ने नुसु क्षेत्रीको श्रीमती बर्ष ४० की अनिता लामा क्षेत्री ।
  • जिल्ला मकवानपुर हे.न.पा.वडा नं. ६ भई हाल का.जि.का.म.न.पा.वडा नं. १४ कलंकीमा बस्ने प्रेम ब.कार्कीको छोरी बर्ष ३० की तुलशा कार्की
  • जिल्ला रोल्पा खुग्री गा.पा.वडा नं. २ भई का.जि.का.म.न.पा.वडा नं. २९ सामाखुसीमा बस्ने सहदेव के.सी.को श्रीमती बर्ष ३५ की कमला सिंह
  • जिल्ला रामेछाप साबिक बेताली गा.बि.स. घर भई का.म.न.पा.वडा नं. १४ बाफलमा बस्ने दिल ब.थापाको श्रीमती बर्ष ४५ को गोमा थापा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment