
३१ जेठ, काठमाडौं । साढे ३३ किलो सुन गायब प्रकरण र उर्लाबारीका सनम शाक्य हत्याको अनुसन्धान गर्नका लागि गठित विशेष अनुसन्धान समितिको म्याद दोस्रो पटक पनि थपिएको छ ।
समितिको म्याद पुनः एक महिनाका लागि मन्त्रीपरिषद्ले थप गरेको पत्र गृह मन्त्रालयमा पुगेको हो ।
संगठित अपराध निवारण ऐनको परिच्छेद ४ मा भएको विशेष अनुसन्धान टोली गठन गर्न सक्ने व्यवस्था अनुरुप गत १९ चैतमा गृह मन्त्रालयका सह–सचिव ईश्वर पौडेलको नेतृत्वमा सरकारले अनुसन्धान समिति गठन गरेको थियो ।
त्यसवेला बिर्तामोडका सुन व्यवसायी साजन मुखिया हत्याको अनुसन्धान गर्ने जिम्मेवारी समेत समितिलाई दिइएको थियो । तर, मुखियाको हत्यासँग साढे ३३ केजी सुन गायब प्रकरणको कनेक्सन भेटिएन ।
प्रारम्भिक चरणमा सरकारले समितिलाई ४५ दिनभित्र अनुसन्धान सक्न कार्यदेश दिएको थियो । यद्यपि, त्यो समयसिमासम्म अनुसन्धान पूरा नभएपछि २५ दिनका लागि म्याद थप गरिएको थियो ।
‘अब मुख्य लगानीकर्ता भनिएका मोहनकुमार अग्रवाल र गायब भएको सुनको खोजीलाई तीब्र बनाउने छौं’, समितिका एक अधिकारीले भने ।
प्रतिक्रिया 4