+
+
Shares

झापामा ५० किलो हरियो गाँजासहित तीन जना समातिए

अनलाइनखबर अनलाइनखबर
२०७५ असार ३ गते १२:५७
फाइल फोटो

३ असार, झापा । प्रहरीले झापामा ५० किलो हरियो र ५ सय ग्राम सुख्खा गाँजासहित ३ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भद्रपुर नगरपालिका–१, लाहुरे चोकका ३२ वर्षीय प्रदिप पौडेलसहित ३ जना छन् । अन्य दुई जनाको भने नाम खुलाइएको छैन ।

उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ ।

यसैबीच, जिल्लाको मेचीनगर नगरपालिका–६ बाट प्रहरीले शनिबार लागुऔषधसहित एक युवकलाई पक्राउ गरेको छ।

लागुऔषध नियन्त्रण ब्युरो, ईकाई कार्यालय काँकडभिट्टाबाट खटिएको टोलीले भारत पानीट्याङ्की बजारबाट नेपालतर्फ आउँदै गरेका ईलाम सुर्योदय नगरपालिका १० बस्ने १९ वर्षीय प्रशान्त रिजालको साथबाट १८ एम्पुल टिडिजेसिक ईन्जेक्सन बरामद गरेको हो ।

रिजालले भित्री वस्त्रमा लुकाई ल्याउँदै गरेको अवस्थामा ६ एम्पुल डाइजेपाम, ६ एम्पुल लुपिजेसिक र ६ एम्पुल फेनारगन बरामद भएको थियो।

बरामद लागुऔधसहित रिजाललाई इलाका प्रहरी कार्यालय, काँकडभिट्टामा राखेर थप अनुसन्धान जारी राखिएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?