Comments Add Comment

कांग्रेसले बजेटमाथि हतारमा टिप्पणी गर्‍यो : मुख्यमन्त्री पोखरेल

६ असार, बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल प्रमुख प्रतिपक्षीले सरकारको बजेटबारे हतारमा टिप्पणी गरेको बताएका छन् । उनले आफूले आर्थिक वर्ष २०७५/०७६ का लागि ल्याएको बजेट जनताले मन पराएको दावी गरे ।

‘नेपालमा अहिलेसम्म धेरैपटक बजेट प्रस्तुत गर्ने पार्टी नै कांग्रेस होला, मैले सिकाउनुपर्दैन तर असहमति जनाउन नै हतारो भयो, सुरुवातमा यसो नगरेको भए हुन्थ्यो ।’

अहिलेसम्म प्रदेश ५ बाट राम्रो सन्देश दिएको बताउँदै उनले बजेट सन्तुतिल र  रणनीतिक भएको दावी गरे ।

बुधबार बजेटमाथि संसदमा उठेका प्रश्नहरुको जवाफ दिदै आर्थिक मामिला तथा योजनामन्त्रीसमेत रहेका पोखरेल सरकारले धेरै राम्रा योजना निर्माण गरी प्रदेश समृद्ध बनाउने चाहना राखेको हुनाले सहयोग गर्न आग्रह गरे ।

पोखरेलले भने ‘चुनावमा जसले जहाँ जे बोले पनि अहिले नै हतारिएर सबै काम गर्नुपर्ने छैन,अर्थतन्त्र संकटमा पार्न भएन नि !अर्थतन्त्र धरापमा परे कसैले चुनाव जित्ने वाला छैन ।’

दाङ जिल्लामा धेरै बजेट भयो भन्नु गतल भएको भन्दै उनले आफ्नो निर्वाचन क्षेत्रमा भने नपरेको स्पष्ट पारे ।

बुटवलमा प्रदेश ५ का अस्थायी राजधानी तोकिए पनि यहाँ प्रर्याप्त सरकारी संरचना नहुदा विकास बजेट भाडा तिर्दा खर्च हुने उनले सुनाए । ‘सबै कुरा सरकारलाई भारी नबोकाऔं, सीमा र बजेट यही हो, यसलाई ध्यान दिन पनि अनुरोध गर्छु’ उनले भने ।

संसद विकास कोषमा रकम दिनु संघीयता विपरीत हुने भन्दै मुख्यमन्त्री पोखरेल प्रदेश २ मा त्यसरी बजेट विनियोजन भएको सुने पनि ५ मा नहुने स्पष्ट पारे ।

‘लुम्बिनी अझै प्रदेश मातहत आइसकेको छैन’

मुख्यमन्त्री पोखरेलले लुम्बिनीको योजनाका लागि प्रदेश सरकार गम्भीर रहे पनि उक्त सम्पदा प्रदेश सरकार मातहत नरहेको बताए । ‘लुम्बिनी अझै प्रदेश मातहत आइसकेको छैन, संघीय सरकारकै मातहत छ, त्यसैले बजेट छुट्याउन पनि समस्या छ’ उनले भने ।

रामग्राम-तिलौराकोट मोनोरेल सम्भाव्यता अध्ययन सबैभन्दा बढी महत्वकांक्षी हो त्यस्तै पर्यटकीय बस, बुटवल- भैरहवा विद्युतीय बस, लुम्बिनीमा रहेका सीसौ फाल्ने र फलफूल रोप्ने योजना रहेको मुख्यमन्त्री पोखरेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment