Comments Add Comment

मेस्सीलाई बिर्सने हो भने अर्जेन्टिना विश्वकपमा काम छैन

मेस्सीले सन्यास फिर्ता नलिएको भए ?

७ असार, काठमाडौं । लियोनल मेस्सीले आफ्नो देश अर्जेन्टिनालाई विश्वकप जित्ने लक्ष्यका साथ राष्ट्रिय टिमको नेतृत्व गरिरहेका छन् । लक्ष्य ठूलो भए पनि उनीहरु धेरै समस्याले घेरिएका छन् ।

केही साताअघि जेरुसेलममा इजरायलसँगको मैत्रीपूर्ण खेल रद्द गर्ने अर्जेन्टिनी फुटबल एसोसिएसनको निर्णयले राष्ट्रिय टिमको विश्वकप तयारीलाई समेत ओझेलमा पारिदियो । यो राजनीतिसँग पनि जोडिएको कुरा थियो जसमा सरकारको समेत भूमिका थियो ।

तर, मैत्रीपूर्ण खेल रद्द हुँदा विश्वकपको लागि अर्जेन्टिनाको एकमात्र अर्थपूर्ण अभ्यास खेल कमजोर हाइटीसँग हुन पुग्यो । अर्जेन्टिनाले हाइटीलाई ब्युनर्सआयर्समा धुलो चटाए पनि उनीहरुको अभ्यासका लागि त्यो खेल पर्याप्त थिए ।

विश्वकप अघि जर्ज साम्पोलीले राष्ट्रिय टिमको प्रशिक्षकको रुपमा जम्मा ११ खेल खेलाएका थिए । उनलाई आफ्नो खेलाडी परीक्षण गर्न थप ९० मिनेट आवश्यक परेको थियो ।

तर, गत शनिबार विश्वकपमा अर्जेन्टिना समूह ‘डी’ को पहिलो खेलमा आइसल्याण्डसँग बराबरीमा रोकियो र महत्वपूर्ण अंक गुमायो ।
१९ औं मिनेटमा सर्जियो अग्युरोले धेरै समयपछि राष्ट्रिय टिमको लागि गोल गर्दै अग्रता दिलाएका थिए तर, त्यसको चार मिनेटमा नै आइसल्याण्डले गोल फर्कायो ।

६३ औं मिनेटमा आइसल्याण्डका खेलाडीले अग्युरोलाई लडाएपछि पाएको पेनाल्टीमा मेस्सी चुके र खेल बराबरीमा टुंगियो ।

साम्पोलीको फुटबल धेरै नै जटिल छ र त्यसको लागि धेरै लगाव चाहिन्छ । यसको प्रमाणका रुपमा सन् २०१५ मा चिलीले अर्जेन्टिनालाई हराएर कोपा अमेरिका जितेको नतिजालाई लिन सकिन्छ ।

तर, अर्जेन्टिनालाई भने साम्पोलीको मातहत सबै कुरा एकैचोटी ठीक गर्न समय नै भएन । सेभिल्लाका यी पूर्व प्रशिक्षक विश्वकपको छनौट चरणमा एडगार्डो बाउजालाई विस्थापित गर्दै अर्जेन्टिनाको विश्वकप जित्ने सपना साकार बनाउने उद्देश्यले आएका थिए ।

अर्जेन्टिनालाई रुससम्म लैजान त उनी सफल भए तर उनीहरुले स्पष्ट खेल देखाउन सकेका छैनन् ।

विश्वकपमा छनोट हुनको लागि पनि इक्वेडरसँगको निणर्ायक खेलमा अर्जेन्टिनालाई लियोनेल मेस्सीको हृयाटि्रक आवश्यक भयो । यसले अर्जेन्टिनाको खेल रणनीतिको बारेमा थोरै र उनीहरुको मेस्सीप्रतिको निर्भरतालाई धेरै जनाउँछ ।

त्यस्तै उक्त खेललाई साम्पोलीको नेतृत्वमा अर्जेन्टिनाले खेलेको एकमात्र उत्कृष्ट खेलको रुपमा लिइन्छ । त्यसअघि उसले लगातार तीन खेल बराबरी खेलेको थियो, जुन नतिजाले दुईपटकको विश्वविजेता टिमले विश्वकप नै खेल्न नपाउने हो कि भन्ने डर उत्पन्न भएको थियो ।

दुई वर्षअघि चिलीसँग कोपा अमेरिकाको फाइनलमा पराजित भएपछि मेस्सीले गरेको सन्यास घोषणा फिर्ता नलिएको भए पक्कै अर्जेन्टिनाको लागि धेरै गाह्रो हुने थियो ।

नोभेम्बर २०१६ पछि विश्वकप अघिसम्म मेस्सीले मात्रै अर्जेन्टिनाको लागि प्रतिस्पर्धात्मक खेलमा गोल गरेका थिए । आइसल्याण्डसँगको खेलमा गोल गरेर अग्युरोले गोलको खडेरी त तोडे तर, अझै पनि टिम मुख्य रुपमा मेस्सीमै भर परेको छ ।

मेस्सीको साथमा मैदानमा उत्रिँदा अर्जेन्टिना विश्व मञ्चमा जुनसुकै टिमलाई पनि पछार्न सक्ने टिमको रुपमा देखापर्छ तर, उनीबिना खेल्दा अर्जेन्टिनाको हालत खराब हुन्छ ।

‘हामीले सधैं अर्जेन्टिना आश्चर्यजनक टिम हो त भन्छौं तर जब मैले उनीहरुलाई हेरेँ मेस्सी अगाडि छन् तर मिडफिल्ड र डिफेन्स खै त ?’ क्रोएसियाका पूर्व खेलाडी र अहिले बोस्निया हर्जगोभिनाका प्रशिक्षक रोबर्ट प्रोसिनेक्कीले भने, ‘अर्जेन्टिनामा थकित खेलाडीहरु छन् ।’

मेस्सी र उनका टिमका साथीहरु बीचमा धेरै ठूलो अन्तर छ । साम्पोलीसँग केही राम्रा फरवार्ड भए पनि उनीहरुको डिफेन्स र मिडफिल्डमा समस्या छ । त्यस्तै अर्को मुख्य समस्या उनीहरु सबै फिट भएर एकै खेलमा राम्रो गर्न पाउँछन् कि पाउँदैनन् भन्ने चिन्ता पनि छ ।

मेस्सी, सर्जियो अग्युरो, गोन्जालो हिगोएन र पाउलो डिबाला जस्ता उत्कृष्ट खेलाडी भएको टिम सम्हाल्न पाउनु विश्वको कुनै पनि प्रशिक्षकको लागि खुसीको कुरा हो । तर, विभिन्न देशका लिगमा खेल्ने यी स्टारहरुको खेलको फरकपनाले साम्पोलीलाई अझै पनि जित्ने सूत्र पत्ता लगाउन मेहनत गर्नुपर्ने देखिन्छ ।

चोटको कारण अग्युरो खासै फिट छैनन् भने डिबालाको चोट पनि राम्रोसँग ठीक भएको छैन । युभेन्टसका यी युवा फरवार्डलाई हृयामस्ट्रङ भएको छ, जसले अग्रपङ्तीमा उनको र मेस्सीको जोडी जम्ने सम्भावना कम छ ।

चोटले साम्पोलीलाई पहिलो रोजाइको गोलकिपरको सेवामा पनि समस्या पारेको छ । म्यान्चेस्टर युनाइटेडका सर्जियो रोमेरो र वेस्टहृयामका म्यानुयल लान्जिनीको सट्टामा टिममा कोही छैनन् । आइसल्याण्ड विरुद्धको खेलमा विली क्याबलेरो मैदानमा उत्रिएका थिए । अन्य गोलकिपरमा समर्थकहरुले रुचाउने फ्राङ्को अर्मानी र नाहुएल गुजम्यान रहेका छन् ।

उनीहरुले धेरै राम्रो गर्नुपर्ने छ, मेस्सीविना गत मार्चमा स्पेनसँगको मैत्रीपूर्ण खेल भन्दा स्याम्पोलीले धेरै राम्रो गर्नुपर्नेछ । उक्त खेलले विश्वकपको केही साता पहिले मात्रै अर्जेन्टिनाका धेरै कमजोरी र समस्याहरु छरपस्ट पारिदिएको थियो ।

विर्सन नसकिने उक्त रातको सम्झनामा स्पेनले छैठौं गोल हानेपछि मेस्सी आˆनो सिट नै छोडेर गएका थिए ।

समर्थकहरुले निकोलास ओटामेन्डी, मार्कोस रोजो, जाभियर मास्केरानो र एन्जल डी मारियालाई त चिनीहाल्छन् तर, टिमका अरु नयाँ अनुहार को हुन् भनेर नचिन्न सक्छन् ।

सन् २०१५ र २०१६ मा कोपा अमेरिका र विश्वकप २०१४ हेरेका धेरै दर्शकहरुले म्याक्सीमिलानो मेजा र निकोलास टालिफि जस्ता नाम नचिन्न सक्छन् ।

अर्जेन्टिना यो पटक पहिलेका जस्तै खेलाडीहरु लिएर विश्वकपमा अगाडि बढ्न सक्दैन । स्याम्पोलीले आफ्नो टिमको खेलबाट धेरै कुरा सिक्नुपर्ने हुन्छ ।

कुनै पनि ठूला प्रतियोगिता अगाडि अर्जेन्टिनाको नाम दाबेदारको रुप आउँछ । ऊ सबैको लोकपि्रय हुन्छ र समूह विजेता भएर अघिल्लो चरणमा जाने पनि सोचिन्छ ।

यसपाली पनि सबैले विश्वकप सुरु हुन अघि अर्जेन्टिनाले धेरै राम्रो गर्ने सोचेका थिए तर, आइसल्याण्डसँग बराबरी खेलेपछि क्रोयसियासँग बिहीबार राति हुने खेलमा अर्जेन्टिनालाई जित्नै पर्ने दबाब छ ।

त्यस्तै समूह चरणको अन्तिम खेलको प्रतिद्वन्द्वी नाइजेरिया पनि धेरै बलियो टिम हो । केही महिनाअघि नाइजेरियासँगको मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले ४-२ को पराजय बेहोरेको थियो ।

यी सबै तथ्यहरुले अर्जेन्टिना रुसमा धेरै समस्या बोकेर आएको प्रष्ट बनाउँछ । चार वर्षअघि अर्जेन्टिनाले मेस्सीमा मात्रै भर परेको टिम भनेर आलोचना खेपेको थियो तर अहिले पनि टिमको स्थितिमा खासै फरक छैन ।

यदि उनीहरुले प्रगति गर्ने अवसर पाए भने मेस्सीले आफ्नो टिमलाई एक्लै भए पनि अगाडि बढाउने छन् । यसका लागि राम्रो सुधार र इच्छाशक्तिको खाँचो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment