+
+
Shares

सिद्धबाबाको पहिरो छल्न वैकल्पिक सडकको ट्रयाक खुल्यो

टोपराज शर्मा टोपराज शर्मा
२०७५ असार ८ गते १५:१९

८ असार, बुटवल । ‘मृत्यु मार्ग’ उपनामले चिनिएको सिद्धार्थ राजमार्ग अन्तर्गत सिद्धबाबा खण्डको जोखिमयुक्त सडकको विकल्पमा प्रदेश सरकारले अर्को सडक निर्माण अघि बढाएको छ ।

बारम्बार पहिरो खसेर जोखिमयुक्त बनेको यस सडकको विकल्पमा पाल्पाको झुम्साबाट रुपन्देहीको सीमा क्षेत्र चौकीभञ्ज्याङ हुदै चरंगेसम्मको २१ किलोमिटर सडकको ट्रयाक खोल्ने काम पूरा भएको छ ।

संघीय सरकारले आर्थिक वर्ष २०७५/७६ को बजेटमार्फत सुरुङ मार्ग बनाउने उल्लेख गरे पनि प्रदेश सरकारले भने वैकल्पिक सडक बनाउन लागेको हो । प्रदेश ५ का मुख्य मन्त्री शंकर पोखरेल र भौतिक पूर्वाधार विकास मन्त्री वैजनाथ चौधरीसहितको टोलीले बिहीबार ट्रयाकको स्थलगत निरीक्षण गरेको छ ।

मुख्यमन्त्री पोखरेलले सिद्धबाबा खण्डको सडक ज्यादै जोखिमयुक्त भएकाले प्रदेश सरकारले झुम्सा-चरंगे सडकलाई पहिलो प्राथमिकतामा राखेर १० करोड रुपैयाँ बजेट छुट्टाएको बताए । उनले झुम्सा-चरंगे सडक खण्डमा ठाउँ ठाउँमा मानव वस्ती भएकाले यो सडक निर्माणसंगै ग्रामीण क्षेत्रको समेत विकास हुने धारणा राखे ।

झुम्सा-चरंगे सडकलाई यस क्षेत्रमा प्रशस्त मात्रामा रहेका चुनढु‌ंगा खानीबाट उत्पादन हुने कच्चा पदार्थ ढुवानीका लागि प्रयोग गर्न उपयुक्त हुने औंल्याए ।

भौतिक पूर्वाधार विकास मन्त्री वैजनाथ चौधरीले झुम्सा-चरंगे सडकलाई वैकल्पिक सडक मात्र नभई नियमित सवारी साधन सञ्चालन गर्ने गरी दुई लेनको सडक बनाउने प्रदेश सरकारको योजना रहेको बताए ।

उनले यो सडकलाई ट्रक-टि्रपरलगायत ढुवानीका ठूला सवारी साधन चलाउने सडकको रुपमा दुई वर्ष भित्रै दुई लेनको बनाउने बताए ।

‘झुम्सा-चरंगे सडकलाई प्रदेश सरकारको कार्य कुशलता र क्षमता देखाउने गरी ‘रोल मोडल रोड’ बनाउने लक्ष्य छ’ सरकारका प्रवक्तासमेत रहेका मन्त्री चौधरीले भने ‘प्रदेश सरकार बनेकै दिनदेखि मुख्यमन्त्री ज्यूले यो सडकलाई प्राथमिकता दिनुभएको हो, त्यसैले यो सडक बनाउन वजेटको कुनै अभाव हुँदैन, दुई वर्षभित्र दुई लेनको सडक ग्राभेल हुन्छ ।’

संघीय सरकारले सिद्धबाबामा सुरुङ मार्ग बनाउने भनी वजेटमा उल्लेख गरे पनि मन्त्री चौधरीले तत्काल सुरुङ मार्ग नबन्ने संकेत गर्दै बरु ढुंगे पहाडलाई काट्ने (बेन्चकट प्रविधि) उपयुक्त हुने धारणा राखे ।

बेन्चकट प्रविधिले ढुंगे पहाड काट्दा यहाँ ५ करोड घनमिटर ढुंगा निस्कने, यसको बिक्रीबाट प्रशस्त आम्दानी हुने र सिद्धबाबा खण्डमा तीन लेनको सडक बनाउन सकिने विज्ञहरुबाट सुझाव आएको मन्त्री चौधरीले उल्लेख गरे ।

झुम्सा-बुटवलको दूरी ९ किलोमिटर मात्र भए पनि सिद्धबाबा खण्डमा वर्षेनी खस्ने पहिरोको कारण हुने जनधनको क्षतिका कारण जोखिम न्यूनीकरणका लागि झुम्सा-चरंगे सडकलाई उपयुक्त विकल्पका रुपमा लिई जिल्ला समन्वय समिति पाल्पाको नेतृत्वमा तानसेन नगरपालिका, तिनाउ, बगनासकाली र रिब्दीकोट गाउँपालिकाका तथा रुपन्देहीको देवदह नगरपालिकाको एक करोड १० लाख लगानीमा ट्रयाक खोलिएको तिनाउ गाउँपालिकाका प्रमुख ओमबहादुर घर्तीले जानकारी गराए ।

उनले तिनाउ गाउँपालिका ३ मा पर्ने सिद्धबाबा सडक खण्डमा माथिबाट ढुंगे पहिरो खसेर गएको १० वर्षमा मात्रै ७० जनाको ज्यान गएकाले वैकल्पिक सडक अपरिहार्य भइसकेको बताए ।

झुम्सादेखि चौकी भञ्ज्याङसम्मको ७ किलोमिटर र रूपन्देहीको धागो कारखानाबाट चरंगे मुढावाससम्मको साढे ७ किलोमिटरमा यसअघि नै ट्रयाक खोलिएको थियो । चौकीभञ्ज्याङबाट मुढावाससम्मको करिब साढे ५ किलोमिटरमा नयाँ ट्रयाक यसै हप्ता खुलेको हो । रूपन्देही र पाल्पा जोड्ने सडक भएकाले यसमा दुवै जिल्लाका उपभोक्ताले संयुक्त समिति बनाएर काम गरेका थिए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत समानुपातिक मत %
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
टोपराज शर्मा

शर्मा अनलाइनखबरका बुटवल संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?