Comments Add Comment

५ हजार धरौटीमा छुटे आचार्य श्रीनिवास

८ असार, काठमाडौं । आफैंलाई गोली हान्न लगाउने धर्मगुरु आचार्य श्रीनिवास ५ हजार रुपैयाँ धरौटी तिरेर छुटेका छन् ।

उनी जिल्ला प्रशासन कार्यालयमा धरौटी बुझाएर रिहा भएका हुन् ।

आफैंलाई गोली हान्न लगाएको आरोपमा २४ वैशाखमा पक्राउ परेका श्रीनिवासलाई जिल्ला प्रशासन कार्यालयले हातहतियार तथा खरखजाना मुद्दामा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो ।

तर, त्यसविरुद्ध मुलुकी ऐनको अदालती बन्दोवस्तको महलको १७ नम्बर अनुसार श्रीनिवासले जिल्ला अदालतमा पुनरावेदन गरेका थिए । र, जिल्ला अदालतको आदेशमा उनलाई जिल्ला प्रशासन कार्यालयले धरौटीमा रिहा गरेको हो ।

गत २५ चैतमा शौच गर्न निस्किएका बेला उनीमाथि विराटनगरको जतुवामा गोली प्रहार भएको थियो । उनको दायाँ छातीको कुम मुनिको भाग छेडेर गोली पार भएको थियो । लगत्तै, प्रहरी अनुसन्धान थालेको थियो ।

अनुसन्धानको क्रममा उनी अाफैंले योजना बनाएर गोली हान्न लगाएको देखिएपछि आचार्यलाई पक्राउ गरी मुद्दा चलाइएको थियो।

यो पनि पढ्नुस् 

आचार्य श्रीनिवास पक्राउ, आफैंले गोली हान्न लगाएको खुलासा

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment