Comments Add Comment

नारायणगढको आदिकवि भानुभक्त माविमा सिभिल इन्जिनियरिङ पढाइ हुने

८, असार, चितवन । नारायणगढमा रहेको आदिकवि भानुभक्त माध्यमिक विद्यालयले यसवर्षदेखि सिभिल इन्जिनियरिङ विषयमा पढाइ सुरु गर्ने भएको छ ।

शुक्रबार नारायणगढमा पत्रकार सम्मेलन गरी विद्यालयले डिप्लोमा तहमा सिभिल इन्जिनियरिङ अध्यापन गराउन लागेको जानकारी दिएको हो । आगामी वर्ष अन्य विषय थप गरी विद्यालयलाई पूर्ण रुपमा प्राविधिक शिक्षालय बनाइने प्रधानाध्यापक विष्णप्रसाद सापकोटाले जानकारी दिए । आगामी वर्षदेखि विज्ञान संकायमा कक्षा ११ र १२ सञ्चालन गर्ने र आगामी दुई वषभित्र विद्यालयलाई पूर्ण रुपमा प्रविधियुक्त विद्यालय निर्माण गरिने बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बद्री अधिकारीले आगामी पाँच वर्ष भित्रमा आदिकवि भानुभक्त माविलाई चितवन जिल्लाको मात्र नभइ देशकै नमुना विद्यालयको रुपमा स्थापित गरिने दावी गरे ।

पहिलाको तुलनामा आदिकवि भानुभक्त माविले काँचुली फेरेको उनको भनाइ छ । विद्यालयलाई रंगरोगन गरिएको छ भने, विद्यालय परिसरमा अभिभावक प्रतिक्षालय निर्माण, व्यवस्थित शिशु कक्ष, हल निर्माण, सीसी क्यामेरा व्यवस्थापन, स्मार्टबोर्ड सहितको आइसिटी व्यवस्थापन गरिएको छ ।

विद्यालयले यसै बर्ष स्वर्ण महोत्सव मनाउने भएको छ । आउँदो माघ १५ गते भव्य रुपमा विद्यालयले स्वर्ण महोत्सव मनाउन लागेको अध्यक्ष अधिकारीले जानकारी दिए । स्वर्ण महोत्सव सफल पार्न विद्यालय व्यवस्थापन समितिका संयोजक बऽी अधिकारीको संयोजकत्वमा १०५१ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ ।

२०२५ सालमा स्थापना भएको यस विद्यालयले २०६८ सालबाट कक्षा ११ र १२ मा शिक्षा तथा व्यवस्थापन संकायका कक्षाहरुको सुरुवात गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment