Comments Add Comment

माओले पनि नेपालमा रेल पुर्‍याउन चाहेका थिए !

१० असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीन जोड्ने रेलमार्ग निर्माणबारे हतारमा नभई परिपक्व ढंगले निर्णय गरिने बताएका छन् ।

चीन भ्रमणबाट फर्किएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले रेल कनेक्टिभिटीबारे भएको सहमति सबैभन्दा महत्वपूर्ण भएको बताएका छन् । भ्रमणका क्रममा दुई देशबीच केरुङ-रसुवागढी-काठमाडौं रेलमार्गका लागि चिनियाँ अनुदानमा पूर्वसम्भाव्यता अध्ययन गर्ने सहमति भएको छ ।

यसले काठमाडौं-पोखरा-लुम्बिनी रेलमार्ग निर्माणका लागि पनि आधार तयार भएको प्रधानमन्त्रीले बताए । यो रेल निर्माण रेलमार्गका लागि नयाँ प्रयोग मात्र नभई विकास हुने भन्दै उनले यसमा धेरै हतारो भन्दा परिपक्क ढंगले काम गर्नु पर्ने हुन्छ ।’

माओले पनि चाहेका थिए

चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपालमा रेल पुर्‍याउने आफ््नो भिजन रहेको बताएको प्रधानमन्त्री ओलीले सुनाए ।

लगत्तै छेउमा बसेका परराष्ट्रमन्त्रीले माओले पनि भनेपछि प्रधानमन्त्री ओलीले भने, ‘अँ, उहिले चेयरम्यान माओले समेत यो कुरा भन्नु भएको पनि कुरा छ । यसर्थ यो छिट्टै बन्छ ।’

जससँग पैसा छ, उसैको लगानी

चिनियाँ रेल ल्याउनु पर्नेमा सबैको जोड छ । तर, लगानीको मोडालिटीबारे यो भ्रमणमा पनि कुनै सहमति जुटेको छैन । नेपालले अनुदानमा बनाउन प्रस्ताव गरेको छ ।

प्रधानमन्त्रीले भने, ‘जोसँग पैसा छ, उसैले लगानी गर्दा हुने हो । पैसा नहुनेले लगानी गर्दैन ।’

सम्भाव्यता अध्ययन सकिएपछि लगानीको कुरा हुने भन्दै नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले रेल्वे कनेक्टिभिटीबारे नयाँ उपलब्ध हासिल हुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment