Comments Add Comment

ट्रकमा फल्सबटम बनाएर चरेश र अफिम तस्करी !

१० असार, काठमाडौं । भारतीय ट्रकको प्रयोग गरेर नेपालबाट चरेश र अफिम तस्करी हुने गरेको खुलेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरोले ट्रकमा फल्सबटम बनाएर चरेश र अफिम तस्करी गर्दागर्दै शनिबार एक जनालाई नियन्त्रणमा लिएसँगै लागूऔषध तस्करीको यो शैली सार्वजनिक भएको हो ।

ब्यूरोका प्रमुख डिआईजी ठूले राईका अनुसार एनसीबीको टोलीले काठमाडौं–१४, कलंकीबाट २ सय १३ किलो चरेश र दुई किलो २ सय ५० ग्राम अफिससहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

उनको अनुसार पक्राउ पर्नेमा भारतको मोतिहारी, मोखिलिशपुर सेमरा–९, ग्राम झकिया टोल पूर्वी चम्पारण बिहारका २५ वर्षीय मेराज आलम छन् ।

उनी फल्सबटम बनाएर तस्करीमा प्रयोग गरिएको डब्लूबी २३ बी ५८८५ नम्बरको ट्रकको ड्राइभर हुन् । प्रहरीका अनुसार उनले नेपालमा उत्पादित चरेश र अफिम भारतको दिल्लीसम्म लग्ने तयारी रहेको बयान दिएका छन् ।

ब्यूरोका डिअार्इजी ठूले रार्इ लगायत ।

‘यो लागूऔषध नेपालको सुनौली नाकाबाट भारतको गोरखपुर हुँदै दिल्लीतर्फ ओसारपसार गर्न लागिएको थियो’, आलमको भनाइलाई उदृत गर्दै प्रहरीले भन्यो ।

मुख्य नाइके फरार

तस्करीका मुख्य नाइके भने फरार रहेको प्रहरीले जनाएको छ । नेपालबाट लागूऔषध खरिद गरेर भारत लैजाने कन्साइन्मेन्ट दिने समेत भारतीय नागरिक नै रहेको प्रहरीको दाबी छ । यद्यपि, उसको नाम भने खुलाइएको छैन ।

‘हामीले मुख्य कारोबारीको मोबाइल नम्बर फेला पारेका छौं । साथै, अन्य केही प्रमाणहरु पनि भेटिएका छन्’, ब्यूरोका अधिकारी भन्छन्, ‘नाइकेसम्म पनि चाँढै पुग्छौं ।’

प्रहरीका अनुसार सोही ट्रककाे प्रयोग गरेर यसअघि पनि पटकपटक चरेश र अफिम तस्करी भएको भेटिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment