१० असार, काठमाडौं । आर्इपीएल क्रिकेटमा सट्टेबाजीको नाममा रकम लिएर ठगी गरेको अभियोगमा नथमल अग्रवाल (नागराज) पक्राउ परेका छन् ।
धनुषाको जनकपुर नगरपालिका-३ घर भर्इ काठमाडौं -४ पानीपोखरी बस्ने ४८ वर्षीय अमृत भन्ने नथमल अग्रवाल (नागराज)लाई प्रहरीले शनिबार पक्राउ गरेको हो ।
अग्रवालले काठमाडौं -७ सिफल बस्ने महोत्तरी मनरासिसुवा नगरपालिका-२ का ३९ वर्षीय राकेश सिंह लगाएतका व्यक्तिहरुबाट भारतमा चलेको आर्इपीएल क्रिकेटमा सट्टेबाजीमा रकम राख्दा ३ महिनामा तेव्बर हुन्छ र हारेमा रकम फिर्ता हुन्छ भनी २ करोड ४० लाख ठगी गरेको उजुरी परेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4