Comments Add Comment

अश्लील भिडियो बेच्ने ७ व्यापारी पक्राउ


१२ असार, हेटौंडा । हेटौंडामा मोवाइल पसलबाट अश्लिल भिडियोको बिक्री पनि हुँदै आएको खुलेको छ ।

हेटौंडाको विभिन्न ठाउँमा मोवाइल मर्मत तथा बिक्री पसलमा प्रहरीले छापा मार्दा अश्लील भिडियोको कारोबार पनि भएको फेला पारेको हो ।

विभिन्न पोर्न साइटबाट डाउनडोल गरी बिक्री गर्ने सातजना व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ । हेटौंडा १० बसपार्कमा रहेको नाशर कम्युनिकेशन, सन्धी मोवाइल पसल, उज्वल म्युजिक एण्ड मोवाइल सेन्टर, प्रकाश मोवाइल, एसएम्एस् मोवाइल, चन्द्र म्युजिक एण्ड मोवाइल, नेपाल ट्रेडर्स मोवाइलका सञ्चालकलाई पक्राउ गरेको हो ।

उनीहरुलाई केही सार्वजनिक अपराध अन्तर्गत कारवाही अघि बढाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए ।

उनीहरुले अश्लील भिडियो बेच्नका लागि प्रयोग गर्ने, मनिटर ४ वटा, ल्यापटप २, हार्ड डिस्कसहितका सामग्री नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment