Comments Add Comment

हरेक प्रेमिकालाई चिहानमा किन पुर्‍याउँथे सञ्जय दत्त ?

बलिउड अभिनेता सञ्जय दत्तले आफ्नो युवाअवस्थामा अनेकन युवतीहरुसँग चक्कर चलाए । उनको जीवनमा आधारित फिल्म ‘सञ्जु’ को ट्रेलरलाई आधार मान्ने हो भने ३ सय ८ जना युवतीरुसँग त उनले शारीरिक सम्वन्ध नै राखेका थिए ।

सञ्जय त्यति रोमान्टिक होइनन् । तर, केटी पट्याउने उनले आफ्नै सूत्र बनाएका थिए । जब उनी कुनै नयाँ केटीसँग नजिकिन्थे, उनलाई एउटा चिहानमा लैजान्थे र निकै भावुक मुद्रामा प्रस्तुत हुन्थे ।

‘यो मेरी आमाको चिहान हो, म आफ्नो मनको बेदना कम गर्नका लागि यही चिहानमा आएर रुने गर्छु,’ जुन केटीसँग पनि उनी यही डाइलग बोल्ने गर्थे ।

सञ्जय यसरी भावुक रुपमा प्रस्तुत भएपछि केटीको मन नपग्लने कुरै भएन । उनीहरु सञ्जयलाई आफ्नो छातिमा टाँसेर सान्त्वना दिन्थे र प्रेम प्रकट गर्थे । यति भएपछि उनलाई अर्को दिन आफ्नो ओछ्यानसम्म लैजान सञ्जयलाई कुनै कठिन हुँदैनथ्यो ।

यथार्थ चाहिँ के हो भने त्यो चिहान उनको आमाको नभएर अरु नै कसैको थियो । सञ्जयले खाली त्यसको दुरुपयोग गरेका थिए । सञ्जयकी आमाको क्यान्सर लागेर मृत्यू भएको थियो । आमाको मृत्यूको बेलामा पनि सञ्जय रक्सीको नशामा रहेको बताइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment