Comments Add Comment

विराटनगरमा बन्ला त अन्तर्राष्ट्रिय विमानस्थल ?

१७ असार, विराटनगर । संघीय सरकारले आगामी आर्थिक वर्षमा विराटनगर, जनकपुर, धनगढी विमानस्थललाई स्तरोन्नति गर्ने भनी १९ अर्ब ३५ करोड छुट्टाएको छ । प्रदेश  १ सरकारले पनि विराटनगर विमानस्थलको सम्भाव्यता अध्यययनका लागि भनेर १५ लाख रुपैया विनियोजन गरेको छ ।

प्रदेश सरकारले पाँच वर्षभित्र ५० लाख पर्यटक भित्र्याउने राष्ट्रिय कार्यक्रमको लक्ष्य पूरा गर्न प्रदेश लागि विराटनगर विमानस्थलको स्तरोन्नति र विस्तार गरेर यसलाई अन्तर्राष्ट्रियस्तरको बनाउन संघीय सरकारसंग आग्रह गरेको हो ।

नागरिक उड्डयन प्राधिकरणका इन्जिनियरिङ विभागका प्रमुख ध्रुव भोछिभयले भने प्राधिकरणले विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको बनाउने आगामी आर्थिक वर्षमा कुनै योजना नरहेको बताए ।

उनले भने ‘विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रिय स्तरको बनाउन न त बजेट नै छुट्टएिको छ नत योजनामा नै परेको छ, अहिलेको अवस्थामा समान्य विस्तारको काम मात्र हुनेछ’ उनले भने ।

उनले विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रियस्तरकोमा विस्तार गर्ने कुरा आर्थिक र प्राविधिक कुराले पनि तत्काल सम्भावना नदेखिएको बताए ।

धावनमार्ग विस्तार गर्दै प्रदेश सरकार

प्रदेश सरकारले विराटनगर विमानस्थलको धावनमार्गलाई पश्चिमतर्फ १ हजार ५ सय मिटर विस्तार गर्न प्रक्रिया अघि बढाएको संघीय सरकारलाई आग्रह गरेको छ ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले पश्चिमतर्फ १ हजार ५ सय मिटर धावनमार्ग विस्तार गर्न संघीय सरकारसित पत्राचार भएको जानकारी दिए ।

विमानस्थलको धावनमार्ग हाल १ हजार ५ सय मिटर मात्र रहेको छ । धावन मार्गलाई ३ हजार मिटरमा विस्तार गर्ने प्रदेश सरकारको योजना रहेको छ ।

‘सोही अनुसार प्रदेश सरकारले संघीय सरकारलाई तत्काल काम अगाडि बढाउन लिखित रुपमा आग्रह गरिसकेका छौ’ मुख्यमन्त्री राईले भने ।

स्तरोन्नतिका लागि आवश्यक पर्ने ७० बिघा जमिनको मुआब्जा उपलब्ध गराउन संघीय सरकार सैद्धान्तिक रूपमा सहमत रहेको उनको जानकारी समेत दिए ।

विराटनगर विमानस्थलको रन वे हाल एकोहोरो प्रकारको मात्र रहेको छ । यसलाई दोहोरो रन वे बनाउन पनि थप जग्गा अधिग्रहण गर्नुपर्ने छ । त्यसको प्रक्रिया पनि अघि बढेको मु्ख्यमन्त्री राईले बताए ।

नागरिक उड्डयन प्राधिकरणक विराटनगरका प्रमुख टेकनाथ सिटौलाका अनुसार तत्काल विमानस्थलको पूर्वतर्फको साढे ४ बिघा जमिनको अधिग्रहणको प्रक्रिया सुरु गरिएको जानकारी दिए ।

सिटौलाले धावनमार्गको थोरै विस्तार र ट्याक्सी पार्किङको ठाउँका लागि थप साढे चार बिघा जमिन अधिग्रहण गरिएको बताए ।

अधिग्रहणका लागि ७० करोड रुपैयाँमध्ये संघीय सरकारबाट ४५ करोड रुपैयाँ प्राप्त भएको छ । विराटनगर विमानस्थल हाल १ सय १५ विघा क्षेत्रफलमा रहेको छ ।

नागरिक उड्यन कार्यालयले पाच बर्षे योजना बनाएर टरमिनल टावर, एप्रोन विस्तारको काम गर्ने योजना गरेको छ ।

प्रमुख सिटौलालले अहिलेको अवस्थामा २५ सय रन वे निर्माण गर्ने योजनामा मात्र काम भइरहेकाले ३ हजार मिटर रन वे निर्माण गर्नका लागि थप २ सय ५० विघा जमिन विराटनगर विमानस्थललाई आवश्यक पर्ने बताए ।

विराटनगर विमानस्थलमा हाल १ हजार ५ सय मिटरको रन वे छ । यस विमानस्थलमा लिंक ट्याक्सी वे एक र ३ वटा जहाज पार्किङ् गर्ने स्थल रहेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

प्रमुख सिटौलाले भने ‘विमानस्थलभित्र थप दुई वटा लिङ्क ट्याक्सी वे र ६ वटा जहाज पार्किङ्ग स्थल निर्माण गरिसकेपछि मात्र अन्तरदेशीय उडान सुरु गर्न सकिने छ’।

६ असार ०२५ मा तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाले उद्घाटन गरेको विमानस्थलको अहिलेसम्म स्तरोन्नती हुन सकेको छैन । विमानस्थलबाट हाल दैनिक १५ उडान भइरहेको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment