१८ असार, काठमाडौं । कीर्ते कागजातहरु पेश गरेर सवारी चालक अनुमतिपत्र लाइसेन्स बनाएको आरोपमा ७ जना पक्राउ परेका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले विदेशबाट जारी भएको लाइसेन्सलाई नेपालीकरण गर्ने क्रममा कीर्ते कागजातहरु पेश गरेको आरोपमा ७ जनालाई पक्राउ गरेको हो ।
ब्यूरोका प्रवक्ता एसपी कृष्णहरि शर्माका अनुसार त्यसरी लाइसेन्स लिने ३ जना र विचौलियाको भूमिका खेल्ने ४ जनालाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको छ ।
पक्राउ पर्नेमा बौद्धका आङकुसाङ शेर्पा, काठमाडौं–२ का अमित पुर्पेटी, बौद्धका लछु लामा, जोरपाटीका श्रीप्रसाद बुढाथोकी, सिन्धुपाल्चोकका नोर्बु लामा, काभ्रेका जर्सिङ तामाङ र सितापाइलाका रामचन्द्र गौतम छन् ।
उनीहरुमाथि जिल्ला अदालत, काठमाडौंबाट सरकारी छाप दस्तखत तथा कीर्ते मुद्दामा म्याद थप गरिएको शर्माले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4