+
+
Shares

प्रतिबन्धित जडिबुटी पाँचऔंले र यार्सागुम्बासहित दुई जना समातिए

अनलाइनखबर अनलाइनखबर
२०७५ असार २० गते १९:१७

२० असार, काठमाडौं । महानगरीय प्रहरी परिसर, ललितपुरले प्रतिबन्धित जडिबुटी पाँचऔंलेसहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जुम्लाको सिंजा–६ घर भइ काठमाडौंको कोटेश्वरमा डेरा गरी बस्दै आएका १८ वर्षीय दिलबहादुर बुढा र धादिङको निलकण्ठ–१ घर भइ हाल काठमाडौंको कपन बस्दै आएका ५१ वर्षीय पूर्णकुमार श्रेष्ठ छन् ।

परिसरका एसपी शेखर खनालका अनुसार बालकुमारीबाट पक्राउ परेका बुढाको साथबाट दुई केजी पाँचऔंले र काठमाडौंको कपनबाट पक्राउ परेका श्रेष्ठको साथबाट ५ सय ग्राम यार्सागुम्बा बरामद भएको छ ।

उनीहरुलाई थप अनुसन्धानका लागि जिल्ला वन कार्यालयमा पठाइएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?