+
+
Shares

कालिका माइक्रोक्रेडिटले पायो राष्ट्रिय स्तरको लाइसेन्स

अनलाइनखबर अनलाइनखबर
२०७५ असार २१ गते १३:०४


२१ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंकलाई राष्ट्रिय स्तरको कारोबार गर्न अनुमति प्रदान गरेको छ । हाल १५ जिल्लामा शाखा सञ्जाल विस्तार गरी कारोबार गर्दै आएको कालिकालाई राष्ट्र बैंकले बिहीबार राष्ट्रिय स्तरको कारोबार गर्न अनुमति प्रदान गरेको हो ।

बैंकले हाल स्यांजा, पाल्पा, पर्वत, नवलपरासी, कास्की, रुपन्देही, तनहुँ, मकवानपुर, गोरखा, धादिङ, डोटी, सुर्खेत, सल्यान, रोल्पा र बाग्लुङमा सेवा दिदै आएको छ । राष्ट्रिय स्तरको बनेसँगै क्रमशः ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गरिने बैंकका सीईओ मिन बोहराले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?