+
+
Shares

प्रदेश १ सरकारको वेबसाइट सञ्चालन

अनलाइनखबर अनलाइनखबर
२०७५ असार २१ गते १८:३७

२१ असार, विराटनगर । प्रदेश १ सरकारले बिहीबारदेखि आफ्नो वेबसाइट सञ्चालनमा ल्याएको छ ।

प्रदेश सरकारले आˆनो मातहतमा रहेका मन्त्रालयको गतिविधि समेटेर वेबसाइट सञ्चालनमा ल्याएको हो ।

प्रदेशले गरेका गतिविधिहरुका बारेमा नागरिक समक्ष सूचना प्रवाह गर्न प्रदेश सरकारले वेबसाइट सञ्चालनमा ल्याएको हो ।

प्रदेश १ मुख्य मन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका प्रमुख सचिव शुरेश प्रधानले वेबाइटमा प्रदेश १ को बारेमा भूगोल, धार्मिक तथा पर्यटकीय स्थलहरु पनि राखिएका छन् ।

वेबसाइटमा मन्त्रालय तथा कार्यालयहरुको बेवसाइटहरुको लिंक राखिएको छ । त्यसैगरी सरकारले फेसबुक र ट्वीटर हृयाडलको पनि प्रयोग गरेको छ ।

वेबसाइटकै पोर्टलको माध्यमबाट मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, प्रदेश सचिवालय, प्रदेश प्रमुख कार्यालय, समाजिक विकास मन्त्रालय, उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालय, प्रादेशिक लेखा नियन्त्रण कार्यालयको बेवसाइट हेर्न सकिनेछ ।

यस्तै वेबसाइटमा प्रदेश अन्र्तगत रहेका स्थानीय तहहरुको वेबसाइडको लिंक र स्थानीय तहहरुको विवरण तथा जीआइएस नक्सा राखिएको छ ।

प्रमुख सचिव प्रधानले कर्णाली प्रदेशमा आफू रहँदा शुरु गरिएको कणर्ाली प्रदेशको वेबसाइट शुरु गरिएकोले प्रदेश १ मा पनि वेबसाइट बिकास गरी लागू गरिएको बताए ।

बेवसाइटमै नागरिकको गुनासा र समस्या लिने व्यवस्था पनि गरिएको छ ।
प्रदेश सरकारले चाडै नै जनगुनासो सुन्नका लागि मुख्य मन्त्रीको कार्यालयमा हटलाइन सेवा शुरु गर्ने तयारी गरिरहेको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?