+
+
Shares

सशस्त्रका ५ एआईजीले राजीनामा बुझाए

अनलाइनखबर अनलाइनखबर
२०७५ असार २१ गते १८:३३

२१ असार, काठमाडौं । सशस्त्र प्रहरीका पाँचजना अतिरिक्त महानिरीक्षक (एआईजी)ले राजीनामा दिएका छन् । उनीहरुले सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालमार्फत राजीनामा दिएका हुन् ।

राजीनामा दिने एआईजीहरुमा जानकीराज भट्टराई, सुवोध अधिकारी, निराकारविक्रम शाह, खडानन्द चौधरी र राजेश श्रेष्ठ रेहका छन् ।
एआइजीहरुको राजीनामा महानिरीक्षक खनालले गृह मन्त्रालयका निमित्त सचिव रामकृष्ण सुवेदीलाई बुझाएका छन् ।

बुधबार बसेको मन्त्रिपरिषद बैठकले १४ जेठ २०७४ देखि शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेको सबै नियुक्तिहरु खारेज गर्ने निर्णय गरेको थियो । जसअनुसार उनीहरुको पद धरापमा परेको थियो ।

यो पनि पढ्नुस् 

सशस्त्र प्रहरीका ५ एआइजीको जागिर चट् !

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?