+
+
Shares

सशस्त्र प्रहरीका ५ एआइजीको जागिर चट् !

अनलाइनखबर अनलाइनखबर
२०७५ असार २१ गते ११:२१


२१ असार, काठमाडौं । शेरबहादुर देउवा सरकारका पालामा डीआइजीबाट एआइजीमा बढुवा भएका सशस्त्र प्रहरीका ५ जना अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) हरुको बढुवा खारेज हुने भएको छ । अब उनीहरुले डीआइजीकै स्टाटसमा जागिरबाट बाहिरिनुपर्ने भएको छ ।

बुधबार साँझ बसेको मन्त्रिपरिषद बैठकले भदौ १४ पछिका देउवा सरकारका निर्णयहरु खारेज गरेसँगै त्यसको प्रभावस्वरुप सशस्त्रका ५ एआइजीको जागिर चट् हुने निश्चित भएको क्याबिनेट बैठकमा सहभागी एक मन्त्रीले अनलाइनखबरलाई जानकारी दिए ।

त्यसरी निर्णय बदरमा पर्ने सशस्त्रका ५ एआइजीहरुमा जानकीराज भट्टराई, सुवोध अधिकारी, निराकारविक्रम शाह, खडानन्द चौधरी र राजेश श्रेष्ठ छन् ।

उनीहरुलाई गत माघ ७ गते तत्कालीन गृहसचिव मोहनकृष्ण सापकोटाको नेतृत्वमा गठित सिफारिस समितिको निर्णय अनुसार सरकारले डीआइजीबाट एआइजीमा एकसाथ बढुवा गरेको थियो ।

सशस्त्र प्रहरी हेडक्वार्टर सूत्रले भने उनीहरु नियमित प्रक्रिया अन्तरगत बढुवा भएको बताएको छ ।

यसैवीच केही दिनअघि गृहसचिव प्रेमबहादुर राईले केही एआइजीलाई मन्त्रालयमा बोलाएर सरकारी एक्सनको संकेत दिएका थिए । सचिव राईले पाँच एआएजीहरुले राजीनामा दिने ओ भने विशिष्ट श्रेणीले पाउने सुविधा प्राप्त गर्ने भन्दै अन्यथा सरकारले निर्णय बदर गरेको खण्डमा डीआइजीकै हैसियतमा विदा लिनुपर्ने चेतावनी एआइजीहरुलाई दिएका थिए ।

जवाफमा गृहसचिव राईलाई एक एआइजीले सरकारले हटाएमा अदालत छँदैछ भनेको स्राेतले अनलाइनखबरलाई बतायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?