Comments Add Comment

गगन थापाले प्रधानमन्त्रीलाई भने – डा. केसीलाई चिन्नुस्


२५ असार, काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले संख्या गनेर कसैको आवाजलाई नदबाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् ।

चिकित्सा शिक्षा विधेयक र डा. गोविन्द केसीको अनशनको विषयमा संसदमा प्रस्तुत जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफलमा भाग लिँदै उनले आन्दोलनकारीको संख्या र संसदमा टाउको गनेर कसैको आवाज नदबाउन आग्रह गरेका हुन् ।

‘सत्यको पक्षमा फगत एक जना भए पनि पुग्छ । आज गोविन्द केसी सत्यको पक्षमा उभिनु्भएको छ । मान्छे कति छन् नगन्नुस्, कति टाउको छ नहेर्नुस्, सदनको टाउको पनि नगन्नुस्’ उनले भने ‘म प्रधानमन्त्रीलाई शुभकामना दिन चाहन्छु ।’

सांसद थापाले डा. गोविन्द केसीलाई चिन्न पनि आग्रह गरे । कुनै स्वार्थ र झण्डा उनीसँग नभएको भन्दै थापाले चिकित्सा शिक्षा सुधारको नशामात्र उहाँसँग रहेको बताए । ‘उहाँलाई चिन्नुस्, उहाँसँग कुनै झण्डा छैन । लोभ छैन, स्वार्थ छैन । केवल नशा छ, नेपालको चिकित्सा शिक्षाको क्षेत्र सुधार्ने नशा छ । त्यो नशा कसैले नजर अन्दाज गरेर उत्रिदैन । कसैले तर्साएर पनि उत्रदैन ।’

विगतमा तत्कालिन राजा ज्ञानेन्द्रले रत्नपार्कमा आन्दोलनकारीको संख्या हेरेर गरेको व्यवहारजस्तो नगर्न थापाले प्रधानमन्त्रीलाई सचेत गराए । प्रधानमन्त्री र शिक्षामन्त्रीले एक दुई जना व्यक्तिको स्वार्थको विषय नहेर्ने हो भने चिकित्सा शिक्षा विधेयक पारित गर्न सरकारलाई सहयोग गर्न सकिने नेता थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment