शनिबार, ५ साउन, २०७५
OnlineKhabar.com
Suzuki

ओली र प्रचण्ड मिल्दा ७० वर्षे उमेर हद गायव !

७० वर्षे उमेर हद कसले राख्यो, कसले हटायो ?

Suzuki
अनलाइनखबर

२७ असार, काठमाडौं । तत्कालीन नेकपा एमालेको विधानमा ७० वर्षे उमेर हद कायम गरिएको थियो । त्यही उमेर हदका कारण भरतमोहन अधिकारी केन्द्रीय सदस्य बन्न पाएनन् । पार्टी विधानको त्यही व्यवस्थाले सिद्धिलाल सिंह पनि केन्द्रीय समितिबाट विदा लिएर जेष्ठ कम्युनिष्ट मञ्चतिर जान बाध्य भए । मोदनाथ प्रश्रतिले त झनै विधानको व्यवस्था लागू हुनुअगावै स्वेच्छिक अवकाश लिए ।

एमालेको विधानमा रहेको ७० वर्षे उमेर हद कायमै रहेको भए आगामी महाधिवशेनमा धेरै नेताहरुले केन्द्रीय कमिटीबाट हात धुनुपर्ने हुन्छ । तर, एमाले र माओवादी मिलेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनाउने क्रममा अहिले ७० वर्षे उमेर हद सुटुक्कै गायब भएको छ ।

उसो त यसअघि तत्कालीन एमालेमा शीर्षनेताहरुले यो ७० वर्षे उमेर हद त्यति धेरै रुचाएका थिएनन् । बामदेव गौतमले त आफूलाई अध्यक्ष हुन नदिन यो व्यवस्था ल्याएको भन्दै सार्वजनिक रुपमै ७० वर्ष उमेर हदको विरोध गरेका थिए ।

वि.सं २००५ सालमा जन्मिएका नेता गौतम अहिले नै ७० वर्ष पुगिसकेका छन् । विधानमा उमेर हदको व्यवस्था कायमै गरिएको भए आगामी महाधिवेशनमा गौतम केन्द्रीय सदस्यसमेत बन्न पाउने थिएनन् ।

यदि एकीकृत पार्टीको अन्तरिम विधानमा पनि यो व्यवस्था कायम गरिएको भए गौतम मात्र होइन, केपी शर्मा ओली पनि उमेर हदकै कारण अध्यक्ष बन्न पाउने छैनन् । किनभने, नेकपाले अबको २ वर्षमा एकता महाधिवेशन गर्ने भनेको छ । एकता प्रक्रियाका धेरै काम बाँकी नै रहेकाले महाधिवेशन गर्दा ०७८ साल लाग्यो भने २००८ सालमा जन्मेका केपी ओली त्यसबेला ७० वर्ष पुग्नेेछन् । केपी ओलीभन्दा एक वर्ष कान्छा माधवकुमार नेपाल र झलनाथ खनाल पनि आगामी महाधिवेशनसम्म ७० को नजिक पुग्नेछन् ।

तर, एमालेको विधानको प्रावधान नहटाइएको भए पनि भावी अध्यक्षका दाबेदार रहेका माधवकुमार नेपाललाई आगामी महाधिवेशनमै उमेर हद लाग्ने थिएन ।

नेकपाका अध्यक्ष प्रचण्ड अहिले ६४ वर्ष पुसेका छन् । विधानमा ७० वर्षे उमेर हद तोकिएको भए केपी ओलीभन्दा ३ वर्ष कान्छा रहेका प्रचण्डलाई अध्यक्ष बन्न सबैभन्दा सजिलो हुनेथियो ।

नेकपाका अन्य नेताहरुमध्ये नारायणकाजी श्रेष्ठ ५८ वर्षमात्र पुगेका छन् भने विष्णु पौडेलको उमेर ५९ वर्ष छ । त्यस्तै ईश्वर पोखरेल ६५ वर्ष र रामबहादुर थापा बादल ६३ वर्ष पुगेका छन् । पार्टीको एकीकृत विधानमा ७० वर्षे प्रावधान राखिएको अवस्थामा ओली, वामदेवलगायतका नेतालाई जति ‘रिस्क’ थियो प्रचण्ड, ईश्वर पोखरेल लगायता नेतालाई उति नै अवसरको ढोका खुल्ने थियो ।

७० वर्षे उमेर हद किन राखियो, किन हटाइयो ?

एमालेको महाधिवेशनबाट पारित ७० वर्षे उमेर हद एकीकृत पार्टीको विधानमा कसले किन हटायो ? यसबारे स्पष्ट हुन सकेको छैन ।
एमालेको नवौं महाधिवेशनबा बेला नेता ईश्वर पोखरेलले विधानमा ७० वर्षे प्रावधान घुसाएको सो पार्टीका नेताहरु बताउँछन् । उमेर पुगेका नेतालाई केन्द्रीय सदस्य बन्न नदिने प्रावधानलाई युवाहरुले पनि समर्थन गरेका कारण त्यो नवौं महाधिवेशनबाट पारित भएको थियो ।

‘१० औं महाधिवेशनमा वामदेव गौतम बन्न नसकुन् भनेर ईश्वर पोखरेल र केपी ओलीकै सहमतिमा विधानमा ७० वर्षे प्रावधान विधानमा राखिएको थियो,’ नेकपाका एक नेताले अनलाइनखबरसँग भने,’अहिले पार्टी एकता भएपछि अन्तरिम विधानमा महासचिव विष्णु पौडेलले सबै नेताहरुलाई खुशी पार्नका लागि ७० वर्षे प्रावधान हटाउन भूमिका खेले ।’

यसैवीच नेकपाको अन्तरिम नियमावलीबारे सुझाव संकलन गर्न हालै बसेको स्थायी कमिटीको बैठकमा तत्कालीन एमालेका नेताहरुले ७० वर्षे उमेर हदबारे प्रश्न उठाएका छन् ।

योगेश भट्टराईसहितका नेताहरुले यो व्यवस्था हटाएकोमा स्थायी कमिटीको बैठकमा असन्तुष्टि जनाएका हुन् ।
तर, युवा नेताले ७० वर्षे प्रावधान राख्न आग्रह गरे पनि ६५ कटेका नेताहरुले भट्टराईको आवाजलाई सुनेको नसुन्यै गरेको एक नेताले बताए ।

२०७५ असार २७ गते २०:३० मा प्रकाशित (२०७५ असार २८ गते १०:०६मा अद्यावधिक गरिएको)
Grace
Grace

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

७ प्रतिकृयाहरू प्राप्त
  • driver लेख्नुहुन्छ    |   २०७५ असार २७ गते १४:१६

    karmachari 58 ma retire huncha.

    timi haru 70 samma ke hallayera baschhau?

    58 nai hunu paryo.

    36
    0
    Share

  • मीरा थकाली, भोटेबहाल, काठमाडौं लेख्नुहुन्छ    |   २०७५ असार २७ गते १५:२१

    ७० बर्ष मात्र किन नमरे सम्मा खाने नी कि कसो ? युबा पुस्ताहरुलाइे किन पार्तिको जिम्मा दिने ?

    16
    0
    Share

  • rajesh kr. mandal लेख्नुहुन्छ    |   २०७५ असार २७ गते १६:१५

    bichara haru biramee bhaye pa6i….garib ko paisa le uchar grauna paenna bhanera hola nee….

    14
    0
    Share

  • balbir yadav लेख्नुहुन्छ    |   २०७५ असार २७ गते १६:२५

    lutay ra khau mugi ho..na marun jel

    12
    1
    Share

  • Niraj Shrestha लेख्नुहुन्छ    |   २०७५ असार २७ गते १६:४७

    ABA DES PITRIHARU LE CHALAUNE BHAYE.

    12
    0
    Share

  • K. K. Sharma लेख्नुहुन्छ    |   २०७५ असार २७ गते २१:२२

    Youths in the party will have to wait for longer time to get any opportunity, as the older netas will not give them any opportunities.

    3
    0
    Share

  • Chandra लेख्नुहुन्छ    |   २०७५ असार २८ गते ३:१४

    बेइमान र षडयन्त्रकारी हरु –
    लोडसेडिँग बढाएर घुस खायो अनि “लोडसेडिगँ मुक्त नेपाल” भनेर भाषन खोके जस्तै आउने होला नया नारा “युवाको काँध नेकपाको बाँध” अनि खुसुक्क मेट्यो ७० बर्षे उमेर हदबन्दि!!!

    4
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this