Comments Add Comment

सिन्धु घाटीको सभ्यताबारे यी हुन् घतलाग्दा नयाँ तथ्य

सिन्धु घाटीको सभ्यताबारे हामीले इतिहासमा पढ्यौं । तर, त्यसको कौतुहलता अझै मेटिएको छैन । सिन्धु घाटी, जहाँ बाट एउटा सभ्यताको बिज रोपियो, त्यो शहर कसरी नामेट भयो ? यो प्रश्नको तृष्ण बाँकी नै छ ।

सिन्धु घाटीबारे अनेक किस्साहरु प्रचलित छन् । कति सिनेमामा पनि देखाइएका छन् । कति कथाहरुमा लेखिएका छन् । तर, त्यसको वास्तविकता अझै रहस्यमै छ ।

नयाँ तथ्य यस्तो छ

आर्यभट्टका अनुसार  महाभारत युद्ध ३१३७ ईसा पूर्वमा भएको थियो ।  लगभग यसै समयमा सिन्धुघाटी सभ्यता चरम उत्कर्षमा थियो ।  पहिले उत्खनन तथा शोध का आधारमा के मानिएको थियो भने ईसा पूर्व २६०० मा हडप्पा एवं मोहनजोदाडो नगर सभ्यताको स्थापना भएको थियो । कतिपय इतिहासकारले यो सभ्यतालाई २७०० ईसा पूर्वदेखि १९०० ईसा पूर्वसम्म मानेका छन् ।

आईआईटी खड्गपुर तथा भारतीय पुरातत्व विभागका वैज्ञानिकहरूले सिन्धु घाटी सभ्यताको प्राचीनताका विषयमा नयाँ  तथ्य ल्याएका छन् ।  उनीहरूका अनुसार यो पाँच हजार पाँच सय बर्ष वर्ष नभई आठ हजार वर्ष पुरानो थियो ।

शोधकर्ताहरूले यसका अलावा हडÞप्पा सभ्यताभन्दा १० हजार वर्ष पूर्वको सभ्यताको प्रमाण समेत खोजी गरेका छन् ।  यसको मतलब यो  सभ्यता त्यतिखेर विद्यमान थियो जब कि भगवान श्रीराम (५ हजार १ सय १४ ईसा पूर्व) तथा श्रीकृष्ण (३ हजार २ सय २८ ईसा पूर्व) को समयमा यसको पतन शुरू भैसकेको थियो ।

जे भए पनि के कुरा निश्चित देखिन्छ भने सिन्धु सभ्यता महाभारत कालमा मौजूद थियो ।  महाभारतमा यो ठाउँलाई  सिन्धु देश भनिन्थ्यो । त्यतिखेर सिन्धु देशका राजा जयऽथ थिए । जयऽथको विवाह धृतराष्ट्रकी पुत्री दुःश्शालासँग भएको थियो । महाभारत युद्धमा जयऽथले कौरवहरूलाई साथ दिएका थिए र चक्रव्युहको क्रममा  अभिमन्यूको मृत्युमा जयऽथको अहम भूमिका थियो ।

प्रचिन सिन्धु सभ्यता

सिन्धु देशको तात्पर्य प्राचीन सिन्धु सभ्यतासँग छ ।  यो स्थान केवल आˆनो कला र साहित्यका लागि विख्यात थिएन, यो त वाणिज्य एवं व्यापारमा समेत अग्रणी थियो ।  वर्तमान पाकिस्तानको सिन्धु प्रान्तलाई प्राचीनकालमा सिन्धु देश भनिन्थ्यो । कालिदासको महाकाव्य रघुवंशमा सिन्ध नामक देश रामले भरतलाई दिएको कुरा उल्लेख छ । युनानका लेखकहरूले सिकन्दरले भारतमाथि आक्रमण गरेको घटना वर्णन गर्ने क्रममा सिन्धु देशका सहरहरूको उल्लेख गरेका छन् ।  मोहनजोदाडÞो र  हडÞप्पा सिन्धु देशका दुई ठूला सहर थिए ।

एक नयाँ अध्ययनमा दावा गरिए अनुसार करिब चार हजार वर्ष पुरानो सिन्धु घाटी सभ्यता पतन हुनुको मुख्य कारण जलवायु परिवर्तन हुनसक्छ ।  उक्त अध्ययनमा हिन्दू मान्यताको पवित्र नदी सरस्वतीको स्रोत एवं अस्तित्वका विषयमा लामो समयदेखि जारी बहसलाई सुल्झाइएको दावी गरिएको छ ।

उक्त अध्ययनमा पुरातत्व विभाग र अत्याधुनिक भू-विज्ञान प्रविधिसँग जोडिएको नयाँ तथ्यांक पनि पेश गरिएको छ । यसमा भनिए अनुसार  मनसुनी वषर्ामा कमी आएका कारण नदीको जलस्तर घट्दै गयो, जसले  हडÞप्पा संस्कृतिको पतनमा महत्वपूर्ण भूमिका निर्वाह गर्यो । हडÞप्पा संस्कृति आˆनो कृषि कार्यका लागि पूर्ण रूपले नदीको प्रवाहमा निर्भर थियो ।

‘प्रोसीडिंग्स अफ द नेशनल एकेडेमी अफ साइन्सेज’ पत्रिकामा छापिएको निष्कर्षमा एक अन्तरार्र््िट्रय दलले उपग्रहबाट प्राप्त तस्बिरहरू तथा स्थलाकृतिक तथ्यांकहरूको उपयोग गरे र सिन्धु तथा त्यसको वरिपरि बग्ने नदीहरूको प्रभाव क्षेत्रको डिजिटल नक्सा विश्लेषण गरे ।

समयसँगै भू-भागमा आएको परिवर्तन पत्ता लगाउनका नदीको तल्लो भागमा थिगि्रएर रहने वस्तुको मूल स्रोतको नमुना एकत्रित गरे । यी नमुनाहरूबाट के पत्ता लगाउने प्रयास गरियो भने ती नमुनामा नदी वा हावाको कारण समयसँगै के के परिवर्तन देखा पर्यो ।

कसरी पतन भयो ?

अमेरिकाको ‘वुड्स होल ओसियनोग्राफिक इंस्टीट्यूट’ मा भूवैज्ञानिक तथा यस अध्ययनका प्रमुख लिविउ जियोसनले भने, हामीले मैदानी क्षेत्रको भू-भागलाई फेरि बनाउने प्रयास गर्‍यौं, जहाँ ५ हजार २ सय वर्षअघि सिन्धु घाटी सभ्यता विकसित भयो, यसका शहर बने र ३ हजार ९ सयदेखि ३ हजार वर्ष पहिले बिस्तारै बिस्तारै तिनको पतन भयो ।

जियोसनले भने, हाम्रो अध्ययनबाट पाइएको संकेतअनुसार मनसुनी वर्षामा कमी आएका कारण नदीको प्रवाह घट्दै गयो र यसले हडप्पा संस्कृतिको विकास र पतन दुवैमा महत्वपूर्ण भूमिका निर्वाह गर्यो । सन् २००३ देखि २००८ का बीचमा गरिएको यस शोधमा अर्को कुरा के दावी गरिएको छ भने पौराणिक सरस्वती नदीमा पहिले भनिएजस्तो हिमालयको ग्लेशियरहरूबाट पानी आउंदैनथ्यो । शोधकर्ताहरूका अनुसार सरस्वती नदीमा पानीको मूल स्रोत मनसुनी वर्षा नै थियो र जलवायु परिवर्तनका कारण उत्पन्न परिस्थितिले यो खास मौसममा मात्र बग्ने नदी बनेर रहृयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment