Comments Add Comment

वर्षाले बनेपा डुबानमा, जिल्लाको जनजीवन अस्तव्यस्त


२८ असार, काभ्रे । वर्षाले काभ्रेको बनेपा पनि पूर्णरुपमा प्रभावित भएको छ । बिहीबार बिहान २ बजेदेखि पुन्यमति खोलाको बाढी बनेपा बजारमा छिरेको छ । करिब दुई दर्जन घर डुबानमा परेका छन् ।

बनेपा– ८ का जीवन नकर्मीको घरमा खोलाको बाढी पस्दा उनको घर बनाउन बसेका मजदुरहरु अलपत्र परेका थिए । उनीहरुलाई बिहीबार बिहान नेपाली सेनाको टोलीले उद्धार गरेको छ ।

अरनिको राजमार्ग अन्तर्गत पुल बजार क्षेत्रमा राजमार्ग बन्द छ । बाढीका कारण पूर्व–पश्चिम चल्ने गाडीहरु बीचमै रोकिँदा यात्रुहरु अलपत्र परेका छन् । अरनिको राजमार्गको पलासे खण्डमा पनि पहिरो खसेको छ ।

बीपी राजमार्ग अन्तर्गत काभ्रे भन्ज्याङमा पहिरो आएर राजमार्ग अवरुद्ध छ । पनौती नगरपालिका ३ का बिदुर सापकोटाको घर पहिरोले पुरिएको छ । मानवीय क्षति नभए पनि पशु चौपाया मरेका प्रहरीले जनाएको छ । काभ्रे जिल्लाको सडक सन्जाल ठप्प भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment