शनिबार, ५ साउन, २०७५
OnlineKhabar.com
Suzuki

नेपालमा लिभिङ्ग टुगेदरः बरदान हो कि अभिशाप ?

लिभिङ्ग टुगेदरका गुण र अवगुण दुबै छन्

Suzuki
निरुपा प्रसून

प्रसिद्ध दार्शनिक नित्सेले भनेका छन्- ‘मान्छेको संगत गर्नुभन्दा जनावरको संगत गर्नु उत्तम हो । तर, यसो भनेर म मान्छेको संगत छाडेर जंगल पस्न पनि सक्दिनँ ।’

ठीक यस्तै त होइन, तर अलि सानो, अलि फरक आयाम भन्नुपर्ला- एउटा मान्छेको संगत चाहिएको छ, तर धेरै मान्छेको संगत चाहिएको छैन भन्ने आशयको प्रतिनिधित्व गर्छ शायद ‘लिभिङ्ग टुगेदर’को प्रचलनले ।

लिभिङ्ग टुगेदरलाई व्यक्तिको आवश्यकता भएको तर परिवारको जरुरी नभएकाहरुले आफू अनुकुल हुर्काएको व्यवस्थाभन्दा अक्तियुक्ति नहोला कि ? मूलतः लिभिङ्ग टुगेदर पहिलो विश्वको संस्कृति हो । अब त हामीकहाँ पनि, भनौं तेस्रो विश्वले पनि सिको गर्दैछ यो प्रचलनलाई ।
पहिले लिभिङ्ग टुगेदर अंग्रेजी सिनेमामा मात्रै देख्न सक्थ्यौं हामी । विस्तारै यहाँबाट गएका नेपालीहरु पनि विदेशमा लिभिङ्ग टुगेदरमा रहन्छन् रे भन्ने सुन्नमा आयो । समय आजसम्म आइपुग्दा नेपालका शहरहरुमा भनौं मुख्यतः काठमाण्डौंमा प्रशस्त मात्रामा छन् यस्ता विना नामका सम्बन्धहरु ।

एक युवती र अर्को युवकवीच कुनै प्रकारको सम्झौता नगरी, सम्बन्धको कुनै नाम नदिई आ-आफ्नो रुचि र आ-आफ्नो सजिलोका लागि सँगै, एउटै घरमा मिलेर बस्छन् भने त्यसलाई ‘लिभिङ्ग टुगेदर’ भनेर बुझ्छौं हामी ।

लिभिङ्ग टुगेदरमा मुख्यतः प्रेमीहरु सँगै बस्छन् । अर्को कुरा, शहरको महंगाईको खर्च अलि कम हुने र भन्नेबित्तिकै कोठा/फल्याट नपाइने समस्याका कारणले पनि यस प्रचलनको विकास भएको छ ।

विवाह सधैं आदर्श, सुन्दर र उत्कृष्टमात्रै पनि त हुँदैन । यस कुराले पनि लिभिङ्ग टुगेदरप्रति आकर्षण बढ्दो छ ।

मान्छे वयस्क भएसँगै उसको ‘फिजिकल निड्स’ परिपूर्ति गर्ने गतिलो माध्यम बनेको छ आजकल लिभिङ्ग टुगेदरको चलन ।

स्वतन्त्रता चाहने युवा पुस्तामा आकर्षण

लिभिङ्ग टुगेदरप्रति वर्तमान समयमा नेपाली युवापुस्ता आकर्षित भएका छन् । उनीहरु जिन्दगीमा सफल हुन चाहन्छन् । कसैको हस्तक्षेप मन पराउँदैनन् । नीलो आकाशमा चरा उडेझैं उड्न चाहन्छन् विना रोकावट ।

एउटा चाहनाका लागि हजार चाहना मार्न उनीहरुलाई मञ्जुर छैन । त्यसैले लिभिङ्ग टुगेदरको सम्बन्ध उनीहरुका लागि एकदमै उपयुक्त पनि हुन्छ । विवाह गरिसकेपछि दुई परिवारप्रति गर्नुपर्ने दायित्व र आफ्नो भविश्यलाई दुई ढुंगावीचको तरुल बनाउनुभन्दा भविश्यलाई प्राथमिकतामा राखेर विवाह नगरी, भनौं परिवारको उत्तरदायित्वबाट पन्छिएर निजी चाहाना र आफ्नो भविश्यमा मात्रै केन्दि्रत हुने कुरा जति निर्मम सुनिन्छ, त्यतिकै यो अक्सर मान्छेहरुका भित्री सत्यता पनि हो ।

आफ्नो भागको जीन्दगीलाई आफूले चाहेजसरी बाँच्नु प्रत्येक मान्छेको अभिलाषा हुन्छ नै । र, आफूभन्दा ठूलो अर्को कोही हुन सक्दैन भन्ने पनि यसैको सूक्ष्म रुप हो शायद । आज र आफूलाई महत्व दिनेहरुले नै यस लिभिङ्ग टुगेदरको सम्बन्धलाई अपनाएको देखिन्छ । विवाह सधैं आदर्श, सुन्दर र उत्कृष्टमात्रै पनि त हुँदैन । यस कुराले पनि लिभिङ्ग टुगेदरप्रति आकर्षण बढ्दो छ ।

प्रेममा पर्दा जीवनसँगै बिताउन मन लाग्नु स्वाभाविक हो । तर, जीवनसँगै बिताउनु बिल्कुलै अलग कुरा हुन् । यसरी सँगै जीवन बिताउन सकिन्छ या सकिँदैन भनेर विवाहअघि परीक्षण गर्नु पनि यसको एउटा उद्देश्य हुन सक्छ । यो एक अर्कोलाई बुझ्ने राम्रो अवसर पनि हो ।

हामी विवाह गरेकालाई मात्रै लोग्ने-स्वास्नी मान्छौं । तर, एक हिसाबले लिभिङ्ग टुगेदर पनि त विवाह गरेसरहको सम्बन्ध त हो नि । तर, यसमा बन्देज छैन, अधिकार हुन्न । त्यसो भएपछि उजुरी लाग्दैन । न त एकले अर्कोलाई पाल्नुपर्ने दायित्व, न परिवारको संलग्नता । यसर्थ पनि निजी स्वतन्त्रता मन पराउनेहरुका लागि सुन्दर उपहार नै हो यो सम्बन्ध ।

सबै कुरा दुईबीच मात्रै सीमित हुने हुनाले र यो सम्बन्ध दुबैको सहमतिमा निर्मित हुने हुनाले यसमा पछि आइपर्ने समस्यासँग पछुताउ गर्नुपर्ने, गुनासो गर्नुपर्ने र चित्त दुःखाउने काम पनि शायद बेकारकै हुन्छ होला ।

एक सिक्काका दुई पाटा

यो पंक्तिकारलाई लाग्छ- एउटा सिक्काका दुई पाटा भएजस्तै लिभिङ्ग टुगेदरका पनि गुण-अवगुण दुबै छन् । यसले फाइदा गरेको छ भने यसको बेफाइदा पनि छ । यो सम्बन्धलाई भौतिकवादीहरुको उपलब्धि हो भने पनि हुन्छ । एक-अर्काप्रतिको प्रेम, सदभाव र आकर्षणसँगै शुरु हुन्छ यो सम्बन्ध । जब, यी तत्वसँगै उठ्दा, बस्दा कसैको सम्बन्ध समाप्त हुन्छ भने कसैको झन बढ्दै जान्छ र बिवाहमा परिणत हुन्छ ।

यस सम्बन्धमा अक्सर प्रेमीहरु रहन्छन् र प्रेमीहरुमात्रै पनि रहँदैनन् । सामान्य चिनजान भएकोदेखि साथीसाथी पनि रहन्छन् आफ्नो सजिलोका लागि ।

शुरुवातमा एकअर्कोप्रति कुनै भविश्यको सपना नभए पनि पछि सँगै बस्दै गएपछि प्रेमीमा परिणत हुन्छन् भने यो राम्रो पनि हो । तर, कोही कोही भने एकतर्फी मायामा पर्छन् र दुःख मात्रै पाउँछन् । प्रेमी-प्रेमिकाहरु नै लिभिङ्ग टुगेदरबाट पछि बिछोडिएका उदाहरण पनि छन् ।

लिभिङ टुगेदरले महिला हिंसामा कमी गरेको छ भने यसैका कारण गर्भपतन र गर्भनिरोधका औषधिहरुको अधिक प्रयोगका कारण महिला स्वास्थ्य जोखिममा परेका खबरहरु पनि बेलाबेला समाचारमा छाइरहेका छन्

लिभिङ टुगेदर एक-अर्काको परिवारको मतलव नहुनेदेखि विवाहपछि गर्नुपर्ने कर्तव्य र अधिकारहरु यसभित्र नहुने भएकाले, अझ भन्नु पर्दा कुनै जिम्मेवारीविना यौन चाहना परिपूर्तिको गतिलो माध्यम हो योभन्दा अतियुक्ति नहोला ।

लिभिङ टुगेदरले महिला हिंसामा कमी गरेको छ भने यसैका कारण गर्भपतन र गर्भनिरोधका औषधिहरुको अधिक प्रयोगका कारण महिला स्वास्थ्य जोखिममा परेका खबरहरु पनि बेलाबेला समाचारमा छाइरहेका छन् ।

काठमाडौं, बालुवाटार बस्ने सिमा (नाम परिवर्तन) लाई यही रिलेसनले मानसिक औषधि खाने स्थितिमा पुर्‍यायो । एउटै क्लास, एउटै कलेज र एउटै घरमा दुबै अलग-अलग कोठामा बस्थे । पछि दुबैजना एउटै कोठामा सिफ्ट भए ।

केटो मस्तिष्कले चल्थ्यो, सीमा मनले । सीमा केटालाई हृदयदेखि मन पराउँथी र हृदयदेखि माया पनि गर्थी । तर, केटाले यौवनको परिपूर्ति बाहेक केही ठानेन ।

सीमा अझै भन्छे- डाइरेक्ट हस्व्याण्डवाला फिल आउँथ्यो रे उसलाई । तर, केटाले उसलाई बेवास्ता गरेर अन्ततः कोठा नै छाडेर हिँडिदियो । केटाको इग्नोर सहन नसकेर सीमाको मानसिक सन्तुलन बिग्रियो । आजसम्म ऊ ‘क्यूटिपिन’ खाँदैछे ।

तर, लिभिङ टुगेदरबाट यसरी बिछोडिएका र दुःख पाएका घटनामात्रै छैनन् । यस प्रकारका सम्बन्धहरु सुमधुर प्रेम स्थापित हुनेदेखि सुखी र खुशी परिवारमा परिणत भएका पनि भेटिन्छन् ।

यो युग र परिवर्तनबारे सोच्दा साँच्चै केही कुरामा हामी अत्यन्तै आधुनिक युगमा प्रवेश गरिसक्यौं जस्तो लाग्छ । र, केही कुरामा ढुंगे युगमै घिस्रिरहेका छौं जस्तो !

लिभिङ्ग टुगेदरमै रहेका मुकुन्द कार्की यस्तो धारणा व्यक्त गर्छन्- ‘एक्कैचोटि विवाह गरेर आजीवन मन परे पनि, मन नपरे पनि सँगै जिन्दगी बिताउनुभन्दा मन लाग्या मान्छेसँग सँगै बसेर जिन्दगी बिताउन सकिन्छ या सकिँदैन भनी ‘टेस्ट’ गरेपछि निर्णय गर्दा अझ राम्रो हुन्छ भविश्य ।’
शायद यस्तै केही न केही सोचेरै रिलेसनमा हुन्छन् । तर, यसले समाजमा कस्तो असर पर्छ भन्ने प्रश्नमा कसैले प्रगति देख्लान् त कसैले समाज बिगि्रएको ।

एकथरी भन्छन्- समय बदलिएको छ, सधैं उस्तै रहिरहँदैन । समयसँगै मान्छेको रहनसहनमा परिवर्तन आउनु कुनै नौलो र आश्चर्यको विषय होइन । दुबै मन मिलेर सँगै बस्छन् भने राम्रो हो ।

अर्काथरी छन्, उनीहरु भन्छन्- विवाह नै हो नि उत्तम सम्बन्ध । लिभिङ्ग टुगेदर त मनोमानी छाडा प्रवृत्ति भयो । हाम्रो संस्कारमा विवाह सुन्दर संस्कृति हो भने लिभिङ्ग टुगेदर विकृति हो ।

आखिर, जसलाई जे लागे पनि यो पश्चिमा संस्कृतिलाई नेपाली समाजले विस्तारै स्वीकार गर्दै गरेको कुरा नकार्न सकिँदैन ।

प्रत्येक कुराका दुईवटा पक्ष हुन्छन्- एउटा राम्रो र अर्को नराम्रो । त्यस्तै आधुनिक युग हाम्रा लागि बरदानतुल्य छ भने केही कुराका लागि अभिशाप पनि ।

सबै परिवर्तनहरु सुन्दर हुन्छन् र सबै नयाँ कुराहरु राम्रा अनि सबै पुराना कुराहरु नराम्रै हुन्छन् भन्ने छैन । त्यस्ता धेरै सुन्दर कुराहरु थिए हाम्रो समाज र हाम्रो संस्कृतिमा, जुन आज आधुनिकताका नाममा नामोनिशाना मेटिएको छ । दुःख लाग्छ, सुन्दर कुराको अस्तित्व मेटिँदा । र, आनन्द पनि लाग्छ, नराम्रो चलनको अन्त्य भएको सुन्दा /देख्दा ।

केही घटनालाई लिएर यो युग र परिवर्तनबारे सोच्दा साँच्चै केही कुरामा हामी अत्यन्तै आधुनिक युगमा प्रवेश गरिसक्यौं जस्तो लाग्छ । र, केही कुरामा ढुंगे युगमै घिस्रिरहेका छौं जस्तो !

२०७५ असार २८ गते ८:४४ मा प्रकाशित (२०७५ असार ३१ गते १६:२२मा अद्यावधिक गरिएको)
Grace
Grace

सम्बन्धित शीर्षकहरु

अनलाइनखबर सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

मुख्य खबरहरु

८ प्रतिकृयाहरू प्राप्त
  • tej gurung लेख्नुहुन्छ    |   २०७५ असार २८ गते ११:२६

    लिभिङ टुगेदर कुनै दुनियाँमा ठीक छैन । मान्छे हुनुको अर्थ पशु जति पनि होइन ? घर, बाबु, आमा, दाजु, भाइ, दिदी, बहिनी । यिनको साथ टुगेदर होइन ? लिभिङ टुगेदर रे । एउटा केटा या केटीसँग बस्न जाने रे । शरीरिक आवश्यकता रे । पशुले जति पनि नियन्त्रणमा राख्न नसक्ने ? के जानेको हो ? यो बिकृतिको विउ लाउनु हो । यो बाटो समाउने हो भने आफ्नो त गयो नै परिवार समाज राष्ट्रको पनि अस्तित्व माथि प्रश्न उठ्छ ।

    57
    12
    Share

  • RAZ लेख्नुहुन्छ    |   २०७५ असार २८ गते १२:११

    Thokera, Thokayera maja hunjel बरदान हो ani man mutab vayera Balatkar ko mudda mamila jhelnu parda अभिशाप ho…

    This is the Bitter Truth in Rude word..

    22
    0
    Share

  • ढकालजी लेख्नुहुन्छ    |   २०७५ असार २८ गते १३:१०

    अन्य मुलुकमा यसको असर के छ थाहा छैन । नेपाली सस्कार र रितिरिवाजमा यो सरसर गलत कुरा हो । विकृति हो विसंगति हो । समाज भाड्ने काम हो । के लिभिङ्ग टुगेदरको शुरुआत भन्दा पहिला केटाकेटीहरुले पढ्ने र सँगै बस्ने साथी पाएका थिएनन् ? डेरामा बसेर पढेर अहिले नेपाल हाँकेका छैनन् ?

    6
    2
    Share

  • kalpana लेख्नुहुन्छ    |   २०७५ असार २८ गते १४:००

    मान्छे हुनुको अर्थ पशु जति पनि होइन ? घर, बाबु, आमा, दाजु, भाइ, दिदी, बहिनी । यिनको साथ टुगेदर होइन ? लिभिङ टुगेदर रे non sense !!

    4
    1
    Share

  • anon लेख्नुहुन्छ    |   २०७५ असार २८ गते १४:१८

    अरुको व्यक्तिगत जीवन मा कति चासो हो। मन नपर्ने ले नगरे भो, मन मिल्ने ले बसुन् जो सँग। गुण दोषको भागिदार उनिहरु नै हुन्।

    अाआफ्नो जीवन बारे आफुलेनै चासो राखे सबैको कल्याण होला।

    7
    4
    Share

  • sumar लेख्नुहुन्छ    |   २०७५ असार २८ गते १५:१६

    हाम्रा पुर्खाहरु जंगली हुँदा लिविंग टुगेदर मै बस्थे, अनि फ्री सेक्सको पनि चलन थ्यो त्यो बेला । त्यही बाट विकास गरेर पूर्वीय दर्शनको निमार्ण भएको हो। संस्कृत साहित्यको जस्तो मानवलाई नैतिक शिक्षा अंगेरजी लिट्रेचरले दिनै सक्दैन। हाम्रो सभ्यता रूढ़िवादी र पश्चिमाहरू प्रगतिशील होइन। विकृति सबै समाजमा हुन्छ। उताको विकृति यताको संस्कार बनाउने प्रयास भै रहेको छ , यहाँ।
    अब बच्चा विवाह नगरपानि पाइने अनि लिविंग टुगेदर भएपछि दुबै चीज पाएपछि विवाह नै गर्नु परेन । अब विदेशमा नांगै घुमन पाउने अधिकार पनि चाहिएला ।

    0
    2
    Share

  • hem लेख्नुहुन्छ    |   २०७५ असार २८ गते १६:३३

    यो हाम्रा मौलिक सामाजिक मान्यताहरु भाड्ने र समाजलाई अस्तमस्त पार्ने खतरनाक ,छाडा, विकृत भाइरस हो। कानुन बनाएरै यस्ता गतिविधि माथि बन्देज लगाउनु उत्तम हुन्छ।

    0
    0
    Share

  • uttamb4 लेख्नुहुन्छ    |   २०७५ असार २८ गते १९:०६

    लिभिङ्ग टुगेदर परिवार सँगको दूरी बढाउने कसी नहोस्
    यो त बरू ‘मन र मस्तिस्क जोड्ने कलमको मसी होस् !

    2
    0
    Share

यसमा तपाइको मत




फेसबुकबाट तपाईको प्रतिक्रिया

Also you may like this