+
+
Shares

गोंगबुबाट लागूऔषधसहित एक जना समातिए

अनलाइनखबर अनलाइनखबर
२०७५ असार २८ गते १७:४७

२८ असार, काठमाडौं । लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरले लागूऔषध मनोद्विपक पदार्थ २ हजार ३ सय ७९ एम्पुलसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा उदयपुरको त्रियुगा नगरपालिका–५ का २० वर्षीय मनिष बस्नेत छन् ।

उनको साथबाट डाइजेपाम ७९३ एम्पुल, बुप्रिनर्फिन नुफिन ९९३ र फेनारगन ७९३ गरी २३७९ एम्पुल र नाइट्रोजेपाम १५ सय ट्याब्लेट बरामद गरिएको ब्यूराले जनाएको छ ।

उनलाई गोंगबुबाट पक्राउ गरिएको ब्यूरोका प्रमुख ठूले राईले बताए । बस्नेत लामो समयदेखि नेपाल–भारतको सीमा क्षेत्रमा लागूऔषध विक्री वितरणमा संलग्न रहँदै आएको देखिएको उनको भनाइ छ ।

थप अनुसन्धान जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?