+
+
Shares

सलमानलाई नेपाल ल्याउँछु भन्ने ओडिसीका म्यानेजर केसी पनि समातिए

अनलाइनखबर अनलाइनखबर
२०७५ असार ३० गते २:०७

२९ असार, काठमाडौं । भारतीय अभिनेता सलमान खानसहित अन्य भारतीय कलाकारहरुलाई काठमाडौं ल्याउने भन्दै ‘दब्याङ टुर’ आयोजना गर्ने भनेर टिकट विक्री गरी ठगेको आरोपमा ओडिसी इन्टरटेनमेन्टका म्यानेजर रविन केसी पनि पक्राउ परेका छन् ।

महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले केसीलाई पक्राउ गरेको हो । कम्पनीका प्रमुख सिमान्त गुरुङ पनि पक्राउ परिसकेका छन् । उनीहरुलाई लाजिम्पाट क्षेत्रबाट पक्राउ गरिएको हो ।

महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहका अनुसार उनीहरुमाथि ठगी मुद्दामा म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।
यसअघि ‘द ब्याङ टुर’ टाइटलमा कार्यक्रम आयोजना हुने भन्दै करिब ५ हजार टिकट विक्री गरिएको थियो ।

जसमा नायिका सोनाक्षी सिन्हा, प्रभू देवा, मनिष पल लगायतका कलाकारहरु पनि सहभागी हुने बताइएको थियो ।

उक्त कार्यक्रम गत वर्ष फागुन २६ गतेका लागि तय गरिएको थियो । तर, विप्लव माओवादीको धम्कीका कारण स्थगित भयो । त्यसपछि आयोजक ओडीसी इन्टरनेसनले गुपचुपरुपमा कार्यक्रमको नयाँ मिति २ जेठका लागि तोकेको थियो ।

यद्यपि, सलमान खान कालो हरिण शिकारको मुद्दामा ५ वर्षका लागि जेल गएपछि कार्यक्रम अनिश्चित भएको थियो । गुरुङले यसअघि सन् २०१३ मा पनि यूकेको चर्चित ब्याण्ड डिप पर्पल ल्याउने भन्दै पैसा उठाएका प्रहरीको भनाइ छ । तर, त्यसपटक पनि उक्त ब्याण्ड नेपाल आएको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?