+
+
Shares

सरकारको प्रतिरक्षा नगरेको भन्दै प्रधानमन्त्री कार्यकर्तासँग असन्तुष्ट

अनलाइनखबर अनलाइनखबर
२०७५ साउन १ गते १७:२०
तस्वीर : रासस

१ साउन, काठमाडौं । प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीले सरकारको प्रतिरक्षा गर्न नसकेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

सरकारले गरेका राम्रो कामबारे लेख्ने, बोल्ने काम समेत पार्टी भित्रबाट हुन नसकेको भन्दै असन्तुष्टि पनि व्यक्त गरे ।

उनले सरकारले नेपालको इतिहासमै सबैभन्दा बढी प्रगतिशील, जनपक्षीय र विकासमुखी नीति लिए पनि त्यसको प्रतिरक्षा गर्ने पार्टीभित्र कोही पनि नभएको जस्तो देखिएको प्रतिक्रिया पनि दिए ।

मंगलबार पार्टीका नेता, कार्यकर्तासँगको सामूहिक भेटमा प्रधानमन्त्री ओलीले विपक्षहरुले अनावश्यक विषयलाई उचालेर सरकारको विरोध गरिरहेको आरोप पनि लगाए ।

उनले चार महिनाभित्र सरकारले मुलुकलाई समृद्ध बनाउन सम्भव नभएको विषयलाई समेत उचालेर जनता विरोधी तत्वले सरकारको विरोध गरिरहेको पनि स्पष्ट पारे ।

प्रधानमन्त्री ओलीले सरकारले जनताले सुम्पेको अभिभारालाई अत्यन्तै शालिनताका साथ पूरा गर्ने प्रतिवद्धता पनि व्यक्त गरे । प्रधानमन्त्री ओलीले तत्काल सडकका सबै खाल्डाखुल्डी पुर्ने लगायतका अपेक्षा सरकारसँग राख्नु जायज नहुने दावी पनि गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?