२ साउन, काठमाडौं । महानगरीय अपराध महाशाखाले बालगोपालको सय वर्ष पुरानो मूर्तीसहित दुई जनालाई पक्राउ गरेको छ ।
प्राचिन पुरातात्विक महत्वको उक्त मूर्ति विक्री गर्न लागेको सूचनाको आधारमा खटिएको प्रहरी टोलीले पाल्पाको छहरा गाउँपालिका-का २७ वर्षे दोलखबहादुर सोमइ र काभ्रेको तेमाल गाउँपालिका-५ का ३७ वर्षे दीपक मैनालीलाई पक्राउ गरेको हो ।
दीपकले दोलखबहादुरलाई उक्त मूर्ति बिक्री गर्न दिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
दोलखबहादुरको काठमाडौं महानगरपालिका-३२ पेरिसडाँडामा रहेको कोठामा खानतलासी गर्दा ८ केजी १७० तौलको ३४ सेन्टिमिटर लम्बाई भएको मूर्ति बरामद गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
उक्त मूर्तिको परीक्षण गर्दा पुरातात्विक महत्वको हो भन्ने थाहा भएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।
पक्राउ परेका दुवै जनालाई प्राचिन स्मारक संरक्षण ऐन बमोजिम कारवाही गर्न महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको छ ।
प्रतिक्रिया 4