+
+
Shares

चन्द्रनगर गाउँपालिकाको अध्यक्ष महतोको घरमा शंकास्पद वस्तु भेटियो

अनलाइनखबर अनलाइनखबर
२०७५ साउन ३ गते १४:०५

२ साउन, काठमाडौं । सर्लाहीको चन्द्रनगर गाउँपालिकाका अध्यक्ष महेन्द्र महतोको घरमा प्रसर कुकर बम भेटिएको छ ।

महतोको चन्द्रनगर–२, बबरगञ्जस्थित घरमा प्रेसर कुकर बम जस्तो देखिने शंकास्पद वस्तु भेटिएको प्रहरीले जनाएको हो ।

जिल्ला प्रहरी कार्यालय, सर्लाहीका अनुसार प्रेसर कुकर बम जस्तो शंकास्पद वस्तु भेटिएपछि नेपाली सेनाको बम डिस्पोजल टोलीलाई खबर गरिएको छ ।

अहिले घटनास्थलमा सेनाको टोली पुगेको बताइएको छ । महेन्द्र राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोको दाजु हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?