Comments Add Comment

‘राजकुमारी’ सारा


भदौ २२ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘सुश्री सम्पत्ती’ले नायिका सारा सिर्पालीको करिअरलाई कसरी अगाडि लैजान्छ, त्यो त भोलीको कुरा भयो ।

तर, नायिका सिर्पालीलाई भने अहिले चलचित्रको सेटमा ‘राजकुमारी’ भनेर बोलाउन थालिएको छ । चलचित्रमा समावेश ‘हुकुम’ बोलको गीतमा ‘राजकुमारी’को भेषमा देखिएकी सारालाई सेटमा पनि यही नामले सम्बोधन गरिन्छ । यसैले, उनी अहिले फुरुङ्ग छिन् ।

गीत सुटिङको भिडियो यहाँ हेर्नुहोस्ः


साराले अभिनय गरेका यस अगाडिका २ वटा चलचित्र ‘रुद्र र पिजडा ब्याक अगेन’ले आशातित सफलता प्राप्त गर्न सकेन । त्यतिमात्र होइन, सारालाई एउटा सानो घेराबाट बाहिर उठाउन पनि सकेन ।

यसैले पनि साराका लागि ‘सुश्री सम्पत्ती’ विशेष छ । यो चलचित्रले उनलाई चलचित्र क्षेत्रकै ‘राजकुमारी’ बनाउन सकेको खण्डमा, उनलाई पनि फाइदा हुनेछ ।

तस्बिरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment