Comments Add Comment

बानेश्वरमा यसरी भिडे कांग्रेस कार्यकर्ता र प्रहरी [फोटो फिचर]

५ साउन, काठमाडौं । सरकारविरुद्ध सडकमा उत्रिएको प्रमुख विपक्षी कांग्रेसका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । नयाँबानेश्वरमा झडपका क्रममा दुई डीएसपीसहित ११ प्रहरी र तरुण दलका अध्यक्ष जीतजंगबस्नेतसहित तीन दर्जन बढी प्रदर्शनकारी घाइते भएका छन् ।

कांग्रेसले तरुण दलको आहृवानमा प्रदर्शन गरेको थियो, जसमा प्रमुख सचेतक बालकृष्ण खाँड, राष्ट्रियसभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे लगायत पनि सहभागी थिए ।

माइतीघर मण्डलाबाट सुरु भएको प्रदर्शन विजुलीबजार पुलमा आएपछि मुल सडकमा प्रवेश गर्‍यो ।

प्रहरीले रोक्न खोजेपछि बानेश्वरमा तनाव देखियो । बानेश्वरको एकातिर डा. गोविन्द केसीका समर्थकहरुको सभा चलिरहेको थियो भने अर्कोतिर कांग्रेसले निषेधाज्ञा तोड्न खोज्यो ।

प्रहरीले अश्रुग्यास हान्दा डा. केसीका समर्थकहरुको सभामा सहभागीहरु समेत प्रभावित भएका थिए ।

कांग्रेसका कार्यकर्ताले ढुंगा हान्न थालेपछि झडप भयो । प्रहरीले अश्रुग्यासका साथै लाठी हानेको थियो भने प्रर्दशनकारीले ढुंङगा प्रहार गरेका थिए । यसले नयाँवानेश्वर क्षेत्र तनाबग्रस्त बन्यो ।

तरुण दलका कार्यकर्ताले ढुंगामुढा गरेपछि प्रहरीले प्रदर्शनकारीलाई बुद्धनगर र बबरमहलसम्म लेखेटेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment